शान्ति समाजद्वारा लागूऔषध दुर्व्यसनीविरुद्ध देशव्यापी सचेतना | Khabarhub Khabarhub

शान्ति समाजद्वारा लागूऔषध दुर्व्यसनीविरुद्ध देशव्यापी सचेतना


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लागूऔषध दुर्व्यसन र अवैध ओसारपसारविरुद्ध मानवअधिकार तथा शान्ति समाजले देशव्यापी जागरण अभियान सुरु गरेको छ ।  लागूऔषध दुर्व्यसन र अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शान्ति समाजको आयोजनामा आज एक दर्जन जिल्लामा विद्यालय केन्द्रित कार्यक्रम सम्पन्न भएको हो ।

यस क्रममा शान्ति समाजका महोत्तरी, सुर्खेत, पाल्पा, तेह्रथुम, कपिलवस्तु, काठमाडौँ, रूपन्देही, बाँके, चितवन, कास्की, दाङ, नुवाकोटलगायत जिल्ला शाखाले विभिन्न शैक्षिक प्रतिष्ठानमा सचेतना कार्यक्रम आयोजना गरेका हुन् । शान्ति समाज सुनसरी शाखाले पनि लागूऔषध दुर्व्यसन विरुद्ध विद्यालय केन्द्रित सचेतना कार्यक्रम आयोजना गरेको छ ।

सो अवसरमा शान्ति समाजद्वारा तयार गरिएको लागूऔषध दुर्व्यसनीविरुद्ध अभियान शीर्षकको अवधारणापत्र प्रस्तुत गरिएको थियो । अवधारणापत्रमा मूलतः युवापुस्तालाई दुर्व्यसनबाट जोगाउने उद्देश्यले लागूऔषध दुर्व्यसनमुक्त विद्यालय, लागू औषध दुर्व्यसनमुक्त समुदाय र लागूऔषध दुर्व्यसनमुक्त कार्यस्थलमा जोड दिँदै यसका लागि अभिभावक, विद्यालय र समुदायको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको थियो ।

दुर्व्यसनमुक्त विश्वको लक्ष्य हासिल गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा ७ डिसेम्बर १९८७ मा पारित प्रस्तावअनुसार हरेक वर्ष २६ जुनका दिन लागूऔषध दुर्व्यसन र अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । 

शान्ति समाजले पनि एक दशक अगाडिदेखि लागूऔषध दुर्व्यसनीविरुद्ध अभियान सञ्चालन गर्दै आएको छ । यसैगरी यातनापीडितको सहायतार्थ राष्ट्रसङ्घीय दिवस २६ जुनका सन्दर्भमा शान्ति समाज दाङ शाखाले पनि तुलसीपुरमा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ४ : ३९ बजे

प्रदेश सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको छ : मुख्यमन्त्री शाह

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आर्थिक वर्षको बजेटलाई

बजेटमै फट्याइँ : अर्थमन्त्रीदेखि योजना आयोगका पदाधिकारीले हुले खुद्रे आयोजना

काठमाडौँ – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक

टिकटक स्टार कबी लेम अमेरिकामा पक्राउ

काठमाडौं– टिकटक स्टार कबी लेम अमेरिकामा पक्राउ परेका छन् ।

मन्त्रालयगत खर्चमा कमजोर गठबन्धन सरकार, उद्योगको २२ प्रतिशत, सहरी विकासको २७ प्रतिशत 

काठमाडौं– चालु आर्थिक वर्षको ९ महिना अर्थात् चैत मसान्तसम्म मन्त्रालयगत

सुनील पौडेलविरुद्ध एकपछि अर्को भ्रष्टाचार मुद्दा, दुईवटामा दोषी ठहरिएर काटिरहेका छन् सजाय

काठमाडौं- शक्तिकेन्द्र रिझाएर सधैँ मालदार सरकारी संस्थानको नेतृत्वमा बसिरहनेमध्येमा पर्छन्