शान्ति समाजद्वारा लागूऔषध दुर्व्यसनीविरुद्ध देशव्यापी सचेतना « Khabarhub

शान्ति समाजद्वारा लागूऔषध दुर्व्यसनीविरुद्ध देशव्यापी सचेतना


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लागूऔषध दुर्व्यसन र अवैध ओसारपसारविरुद्ध मानवअधिकार तथा शान्ति समाजले देशव्यापी जागरण अभियान सुरु गरेको छ ।  लागूऔषध दुर्व्यसन र अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शान्ति समाजको आयोजनामा आज एक दर्जन जिल्लामा विद्यालय केन्द्रित कार्यक्रम सम्पन्न भएको हो ।

यस क्रममा शान्ति समाजका महोत्तरी, सुर्खेत, पाल्पा, तेह्रथुम, कपिलवस्तु, काठमाडौँ, रूपन्देही, बाँके, चितवन, कास्की, दाङ, नुवाकोटलगायत जिल्ला शाखाले विभिन्न शैक्षिक प्रतिष्ठानमा सचेतना कार्यक्रम आयोजना गरेका हुन् । शान्ति समाज सुनसरी शाखाले पनि लागूऔषध दुर्व्यसन विरुद्ध विद्यालय केन्द्रित सचेतना कार्यक्रम आयोजना गरेको छ ।

सो अवसरमा शान्ति समाजद्वारा तयार गरिएको लागूऔषध दुर्व्यसनीविरुद्ध अभियान शीर्षकको अवधारणापत्र प्रस्तुत गरिएको थियो । अवधारणापत्रमा मूलतः युवापुस्तालाई दुर्व्यसनबाट जोगाउने उद्देश्यले लागूऔषध दुर्व्यसनमुक्त विद्यालय, लागू औषध दुर्व्यसनमुक्त समुदाय र लागूऔषध दुर्व्यसनमुक्त कार्यस्थलमा जोड दिँदै यसका लागि अभिभावक, विद्यालय र समुदायको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको थियो ।

दुर्व्यसनमुक्त विश्वको लक्ष्य हासिल गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा ७ डिसेम्बर १९८७ मा पारित प्रस्तावअनुसार हरेक वर्ष २६ जुनका दिन लागूऔषध दुर्व्यसन र अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । 

शान्ति समाजले पनि एक दशक अगाडिदेखि लागूऔषध दुर्व्यसनीविरुद्ध अभियान सञ्चालन गर्दै आएको छ । यसैगरी यातनापीडितको सहायतार्थ राष्ट्रसङ्घीय दिवस २६ जुनका सन्दर्भमा शान्ति समाज दाङ शाखाले पनि तुलसीपुरमा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ४ : ३९ बजे

कांग्रेसका पदाधिकारीको दाबी : ‘शेखर र पूर्णबहादुर अन्तिमसम्म हाम्रोतिरै जोडिनुहुन्छ’

काठमाडौं– नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाबीच

थेराङ खोला बाढीपछि स्थानीय भन्छन्- गाउँबाट तलमाथि जाने पुल बगायो, नाकाबन्दीमा पर्‍यौँ

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको

रसुवामा हैजाको जोखिम: सेनाको हेलिकप्टरबाट २१ हजार डोज खोप पठाइयो

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोपछि हैजाको

क्यासिनोमा नेपाली प्रवेश गराई जुवा खेलाउने आठजना पक्राउ

पर्सा– वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने

देवीघाटमा ६० मिटर लामो एक्रोब्रिज बन्दै, चाँडै सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश