हिमाल र पहाड रित्तिँदै गएकोमा सभामुखद्वारा चिन्ता व्यक्त | Khabarhub Khabarhub

हिमाल र पहाड रित्तिँदै गएकोमा सभामुखद्वारा चिन्ता व्यक्त


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाा सभामुख देवराज घिमिरेले पछिल्लो जनगणनाको तथ्यांकले हिमाल र पहाड रित्तिँदै गएको देखाएकोमा चिन्ता व्यक्त गरेका छन् ।

सोमबार काठमाडौंमा ‘राष्ट्रिय जनगणना २०७८’ को अन्तिम नतिजा ग्रहण गर्दै सभामुख घिमिरेले तथ्यांकअनुसार हिमाल र पहाड रित्तिँदै जानु र तराईलगायत शहरी क्षेत्रमा जनघनत्व बढ्नुले सामाजिक र राजनीतिक दुबैतर्फ असर पर्ने बताए ।

उनले राज्यको नीति तथा कार्यक्रम तय गर्दा तथ्य तथ्यांक जरुरी पर्ने भएकाले यसका आवश्यकता बढ्दै गएको जिकिर गरे ।

सभामुख घिमिरेलाई राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रामप्रसाद थपलिया नेतृत्वको टोलीले ‘राष्ट्रिय जनगणना २०७८’ को नतिजा बुझाएको हो ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ६ : ०६ बजे

मन्त्री गुप्ताको अडियो प्रकरण छानबिन गर्न रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणको

सुमनाको प्रश्न- मन्त्री गुप्ताको घुस काण्डमा भनिएका ‘बा’ को हुन् ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संघीय मामिला तथा

वर्षालाई फिल्म ‘माग्ने राजा’ हिट हुने आश

काठमाडौं – नायिका वर्षा सिवाकोटी अहिले फिल्ममा व्यस्त देखिन्छिन् ।

आप्रवासी बन्दी गृह निर्माणको तयारीमा अमेरिकी अधिकारी

न्यूयोर्क– अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) मन्त्री क्रिस्टी नोएमले

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

रसुवा– चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको बाढीले