अख्तियारद्वारा शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर « Khabarhub

अख्तियारद्वारा शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीसमेत तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार उनीहरूलाई नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनका लागि सेवाग्राहीसँग रु ५० हजार बराबरको घुस लिँदै गरेको अवस्थामा केही दिनपहिले पक्राउ गरिएको थियो ।

आयोगले  प्रमुख प्रशासकीय अधिकृत मरासिनी, वडा नं ७ का वडाअध्यक्ष भीमबहादुर यादव र विचौलिया विनोद भरलाई समेत समान बिगो माग गर्दै आजै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । 

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ५ : ५८ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा