जिल्लाका सबै पालिकाले बजेट घटाउँदा बढायो भरतपुरले « Khabarhub

जिल्लाका सबै पालिकाले बजेट घटाउँदा बढायो भरतपुरले


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लाका सबै पालिकाले बजेट घटाउँदा भरतपुर महानगरपालिकाको बजेट बढेको छ । अन्य पालिकाहरुमा संघीय बजेट र आन्तरिक आम्दानी घटेपछि आउँदो आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसँगै ल्याइएको बजेट घटाइएको छ । भरतपुर महानगरपालिकाले भने संघीय बजेट र आन्तरिक आम्दानी बढाउने प्रक्षेपणसहित बजेट बढाएको छ ।

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजारको बजेट सार्वजनिक गरेको छ । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा रु १० करोड ७० लाख १७ हजार बढी बजेट ल्याएको हो । जिल्लाको राप्ती नगरपालिकाको बजेट आएको छैन । अन्यको बजेट चालु वर्षको तुलनामा आउँदो वर्षका लागि घटेर आएको छ ।  

भरतपुर महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले विभिन्न मूल्यांकनहरुमा भरतपुर उत्कृष्ट भएकाले संघीय बजेट बढ्नु र आन्तरिक आम्दानी बढाउने महानगरको रणनीतिका कारण बजेट बढाउन सकिएको बताए । जनसहभागिता र श्रमदान बढी हुने अनुमान महानगरको छ । खर्चलाई गौरवका कार्यक्रमका रुपमा अरूले मानेको भन्दै उनले भरतपुरले राजस्वको दायरा बढाएर कर चुहावट नियन्त्रण गरेर त्यसलाई गौरवका रुपमा अघि बढाएको बताए । विकास निर्माणका काम घटाउन नसक्ने भन्दै उनले आन्तरिक राजस्व बढाएर विकास निर्माणका काममा कमी नल्याउने बताए। 

भरतपुर महानगरपालिका वित्त आयोगको कार्यसम्पादन मूल्यांकन र स्थानीय तह संस्थागत क्षमता मूल्यांकनमा उत्कृष्ट भएकाले संघीय बजेट बढेर आएको उनले जानकारी दिए। उनले भने, ‘हाम्रो चालु खर्च कम र पूँजीगत खर्च बढी छ ।’

रत्ननगर नगरपालिकाले रु एक अर्ब ३३ करोड ७२ लाख ७३ हजारको बजेट प्रस्तुत गरेको छ । सो  नगरपालिकाले चालु आर्थिक वर्षका लागि रु एक अर्ब ३७ करोड ९८ लाख बजेट विनियोजन गरेको थियो । चालु वर्षको तुलनामा आउँदो वर्षका लागि बजेट घटेको हो ।  

खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि रु ९४ करोड ८८ लाख ९५ हजारको बजेट सार्वजनिक गरेको छ । खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षका लागि रु एक अर्ब एक करोड १२ लाख ५१ हजारको बजेट ल्याएको थियो । यस नगरपालिकाले चालु वर्षको भन्दा आगामी वर्षका लागि कम बजेट ल्याएको छ । 

माडी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु ९६ करोड ६९ लाख दुई हजार चार सय २७  बजेट सहितको नीति तथा कार्यक्रम पारित गरेको छ । चालु आर्थिक वर्षका लागि रु एक अर्ब सात करोड ८० लाख ८२ हजार ७० हजार बजेट ल्याएको थियो । चालु वर्षको तुलनामा आउँदो वर्षका लागि कम बजेट ल्याइएको हो । 

कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८१ करोड ७७ लाख ८० हजार बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षका लागि सो नगरपालिकाले ८५ करोड ९७ लाख ५१ हजार बजेट ल्याएको थियो । इच्छाकामना गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ६७ करोड सात लाख ७० हजार आठ सय ४६ को बजेट ल्याएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षका लागि रु ६७ करोड ४४ लाख ३५ हजार रहेको थियो । गाउँपालिकाको बजेट चालु आर्थिक वर्षको तुलनामा घटेको हो । 

जिल्लाका सबै पालिकामा नगरसभामार्फत बजेट आइरहँदा पूर्वी चितवनको राप्ती नगरपालिकामा भने नगरसभा स्थगित भएको छ । नेकपा (एमाले)बाट निर्वाचित वडाअध्यक्षहरुले वडागत बजेट सिलिङ अस्वीकार गरेपछि नगरसभा स्थगित भएको हो । 

नगरप्रमुख शमशेर लामाले वडाअध्यक्षहरुले बजेट सिलिङको विषयमा अवरोध गरेकाले नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकिएको बताए। नगरसभाका लागि धेरै प्रयास गर्‍यौँ तर केही वडा अध्यक्षहरु बजेट सिलिङलाई लिएर अवरोध गरेपछि सञ्चालन गर्न  नसकिएको उनले बताए। 

नगरप्रमुख लामाले असार १८ गते कार्यपालिका बैठक बस्ने तयारी भइरहेको जानकारी दिए। उनले भने, ‘कार्यपालिका बैठकपछि मात्रै नगरसभाको टुंगो लाग्ने छ ।’ यस्तै, अन्य ६ पालिकाले भने नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी, माडी, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ६ : ४३ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा