सिरहामा खानेपानी कार्यालयका सुरक्षा गार्डको धारिलो हतियार प्रहार गरी हत्या « Khabarhub

सिरहामा खानेपानी कार्यालयका सुरक्षा गार्डको धारिलो हतियार प्रहार गरी हत्या


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको मिर्चैया नगरपालिका ७ स्थित मिर्चैया साना सहरी खानेपानी तथा सरसफाइ कार्यालयका सुरक्षा गार्ड मृत अवस्थामा फेला परका छन् । 

 मिर्चैया नगरपालिका ८ घरभई खानेपानीमा सुरक्षा गार्डको काम गर्ने करिव ४५ वर्षीय राय कुर्मीलाई धारिलो हतियार प्रहार गरी शरीरको विभिन्न भागमा काटिएको अवस्थामा आज कार्यालय परिसरभित्रै शव फेला परेको हो । 

कार्यालयका पदाधिकारी विशेष कामले सुनसरीको इटहरी जान गाडीलिन जाँदा रगताम्ये अवस्थामा सुरक्षा गार्ड देखेपछि संस्थाका सचिव डिकाराम पोखरेलले प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

प्रहरी घटनास्थल पुग्दा उनको मृत्यु भइसकेको जनाएको छ । घटनाको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिनसक्ने प्रहरीको भनाई छ । 

लासलाई प्रादेशिक अस्पताल सिराहामा पोस्टमार्टम गराई परिवारजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ७ : ०६ बजे

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्षतर्फ १६४ क्षेत्रको परिणाम सार्वजनिक हुँदा धनुषा–१ अझै विवादमा

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन

समानुपातिक: एक करोड मतगणना हुँदा ५० लाख नजिक रास्वपा, कुन दलको मत कति ?

काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल फागुन २६ गते मंगलबार चैत