अमेरिकाविरुद्ध जिम्बावे ३०४ रनले विजयी « Khabarhub

अमेरिकाविरुद्ध जिम्बावे ३०४ रनले विजयी


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । विश्वकप छनोट क्रिकेटमा अमेरिकाविरुद्ध जिम्बावेले ३०४ रनको फराकिलो जित निकालेको छ । सोमबार जिम्मबावेमा भएको खेलमा यसअघि नै सुपरसिक्समा पुगिसकेको जिम्बाव्वेले सेन विलियम्सको १७४ रनको मद्दतमा ४०८ रन बनाएको थियो ।

जिम्बावेका लागि १०१ बल मात्रै खेलेका विलियम्सले २१ चौका र ५ छक्का हानेका थिए । यस्तै जोयलर्ड गम्बियेले ७८ रन बनाए ।

४०९ रनको लक्ष्य पछ्याएको अमेरिका २५.१ ओभरमा १०४ रनमा अलआउट भयो । अमेरिकाका लागि अभिषेक पराद्करले २४ तथा जेस्सी सिंहले २१ रन बनाए ।

यो एक दिवसीय क्रिकेट इतिहासकै दोस्रो फराकिलो हार हो । यसअघि गत जनवरीमा भारतले श्रीलंकालाई ३१७ रनको अन्तरले हराएको थियो ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ८ : १३ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी