अमेरिकाविरुद्ध जिम्बावे ३०४ रनले विजयी « Khabarhub

अमेरिकाविरुद्ध जिम्बावे ३०४ रनले विजयी


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । विश्वकप छनोट क्रिकेटमा अमेरिकाविरुद्ध जिम्बावेले ३०४ रनको फराकिलो जित निकालेको छ । सोमबार जिम्मबावेमा भएको खेलमा यसअघि नै सुपरसिक्समा पुगिसकेको जिम्बाव्वेले सेन विलियम्सको १७४ रनको मद्दतमा ४०८ रन बनाएको थियो ।

जिम्बावेका लागि १०१ बल मात्रै खेलेका विलियम्सले २१ चौका र ५ छक्का हानेका थिए । यस्तै जोयलर्ड गम्बियेले ७८ रन बनाए ।

४०९ रनको लक्ष्य पछ्याएको अमेरिका २५.१ ओभरमा १०४ रनमा अलआउट भयो । अमेरिकाका लागि अभिषेक पराद्करले २४ तथा जेस्सी सिंहले २१ रन बनाए ।

यो एक दिवसीय क्रिकेट इतिहासकै दोस्रो फराकिलो हार हो । यसअघि गत जनवरीमा भारतले श्रीलंकालाई ३१७ रनको अन्तरले हराएको थियो ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ८ : १३ बजे

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको

फ्रान्सेली राजदूतले प्रधानमन्त्री बालेनलाई भेटेर दिइन् राष्ट्रपति म्याक्रोनको सन्देश

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेकोमा नेपालका लागि फ्रान्सेली राजदूत

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

सिरहा नगरपालिकाका प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

सिरहा – यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध