अनियन्त्रित सवारी नियन्त्रण गर्न ट्राफिक प्रहरीद्वारा ‘राडर गन’को प्रयोग « Khabarhub

अनियन्त्रित सवारी नियन्त्रण गर्न ट्राफिक प्रहरीद्वारा ‘राडर गन’को प्रयोग


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एयरपोर्ट–तीनकुने सडकमा अनियन्त्रित सवारी चलाउनेहरुलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले हिजोआज ‘राडर गन’को प्रयोग गर्न थालेको छ । तीव्र गतिले निम्त्याउने सवारी दुर्घटना नियन्त्रणका लागि ट्राफिक प्रहरीले उक्त क्षेत्रमा सो प्रविधि सुरु गरेको हो ।

एयरपोर्ट–तीनकुने सडकमा यातायात व्यवस्था विभागले तोकेको गतिभन्दा बढी सवारी कुदाउनेलाई कारबाही थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ‘राडर गन’को प्रयोगपछि एयरपोर्ट–तीनकुने सडकमा तोकिएको मापदण्ड भन्दाबढी गतिमा सवारी चलाउने दैनिक २० देखि २५ सवारी चालक कारबाहीमा पर्ने गरेको एयरपोर्ट ट्राफिक पोष्टका प्रमुख शेरसिंह धामीले जानकारी दिए । उनका अनुसार जसमा मोटरसाइकल बढी छन् ।

चारपाङ्ग्रेमा मिनिट्रकले तीव्र गतिमा गुडाउने गरेको भेटिएको छ । ट्राफिक प्रहरीले पहिलो चरणमा तीव्र गतिमा सवारी चलाउने चालकलाई रु एक सय जरिवाना गर्ने गरेको छ । राडर गनको ट्रिगरलाई औँलाले दबाएपछि त्यसको विकीरण सडकमा गुडिरहेको सवारीमा पर्ने तथा कुन गाडी कति गतिमा गुडेको छ त्यसले गनमा अङ्क देखाउने गरेको प्रमुख धामीले बताए ।

उनले भने , “एक पटकमा एउटा गाडीको मात्र गति पत्ता लगाउन सकिने तथा धेरै गाडी गुडेका बेला गति पत्ता लगाउनुपर्दा जुन गाडी तीव्र गतिमा गुड्छ, त्यसको मात्रै स्पिड पत्ता लगाउन सकिन्छ ।” काठमाडौँमा रहेका छ लेनका सडकमा यातायात व्यवस्था विभागले प्रतिघण्टा ६० किमि गुडाउन सकिने मापदण्ड तोकेको छ । प्राय तीव्र गतीमा मोटसाइकल कुद्ने भएकाले ट्राफिकले यहाँका सडकमा विषेश गरी मोटरसाइकल चालकलाई निगरानी गरेर कारबाही गर्ने गरेको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ८ : २२ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा