सन् २०३० सम्म ९० प्रतिशत जनसङ्ख्यामा स्वच्छ खानेपानी सुविधा पुग्छ : मन्त्री यादव « Khabarhub

सन् २०३० सम्म ९० प्रतिशत जनसङ्ख्यामा स्वच्छ खानेपानी सुविधा पुग्छ : मन्त्री यादव


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काडमाडौँ : खानेपानीमन्त्री महिन्द्र राय यादवले सन् २०३० सम्ममा ९० प्रतिशत जनसङ्ख्यामा स्वच्छ खानेपानी सुविधा पुर्याउने गरी योजना तथा कार्यक्रम तय गरिएको बताए । विनियोजन विधेयक, २०८० अन्तर्गत खानेपानी मन्त्रालयको बजेटमाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री यादवले यस्तो बताए ।

हाल करिब ९५ प्रतिशत जनसङ्ख्यालाई आधारभूत स्तरको खानेपानी तथा करिब २५ प्रतिशत जनसङ्ख्यालाई स्वच्छ खानेपानी सेवाको पहुँच रहेको छ । दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म जनसङ्ख्याको ९९ प्रतिशत आधारभूत खानेपानीमा तथा ९० प्रतिशत स्वच्छ खानेपानीमा पहुँच पुर्याउनुपर्ने हुन्छ । यो लक्ष्य पूरा गर्न सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आवश्यक योजना तथा कार्यक्रम ल्याएको उनको भनाइ छ ।

त्यस्तै, सरसफाइ क्षेत्रमा सन् २०३० सम्म ५० प्रतिशत जनसङ्ख्याले प्रशोधन सहितको ढल प्रयोग गर्नुपर्ने लक्ष्य रहेकामा करिब ३५ प्रतिशत जनसङ्ख्याले मात्र प्रशोधन सहितको ढल प्रयोग गरेको अवस्था छ । सरसफाइको क्षेत्रमा निर्धारित लक्ष्य हासिल गर्न सरकारको नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यले सरसफाइ तथा स्वच्छतालाई विशेष प्राथमिकतामा राख्दै राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्ने घोषणा गरेको मन्त्री यादवले बताए।

वायु प्रदूषणमा पनि नेपालका सहरहरू विश्वकै प्रदूषित सहरको सूचीमा पर्नु चिन्ताको विषय रहेको पनि उनले बताए । “सरकारको नीति तथा कार्यक्रमअनुसार तीनवटै तहको सरकारको समन्वय र सहकार्यमा सरसफाइ तथा स्वच्छता अभियान सञ्चालन गर्न मन्त्रालयले आवश्यक कार्यविधि तयार पारिरहेको छ । ‘स्वच्छ नेपाल स्वस्थ नेपाली’ अभियानलाई आगामी आर्थिक वर्षदेखि अगाडि बढाउनका लागि आवश्यक स्रोतको व्यवस्थापन आन्तरिक व्यवस्थापन तथा सरसफाइ क्षेत्रमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थालाई परिचालन गरी अगाडि बढाउने गर्ने मन्त्रालयको योजना रहेको छ”, संसद्मा जवाफ दिँदै उनले भने।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ९ : २० बजे

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य ?

आज भदौ २३। ठीक एक वर्षअघि यही दिन काठमाडौँका सडक

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट