एसिया कपको तयारी : नेपालले आज श्रीलंकासँग अभ्यास खेल खेल्ने « Khabarhub

एसिया कपको तयारी : नेपालले आज श्रीलंकासँग अभ्यास खेल खेल्ने


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसिया कपको तयारी गरिरहेको नेपाली क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ ।

नेपाली टोलीले श्रीलंकाको स्थानीय टोली ब्लूमफिल्ड क्रिकेट एण्ड एथ्लेटिक क्लबसँग अभ्यास खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार बिहान १० बजे श्रीलंकाको घरेलु मैदान ब्लूमफिल्डमा हुनेछ ।

नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्नेछ । बाँकी तीन खेल कुन टोली र कहिले खेल्ने क्यानले जानकारी दिएको छैन । एसिया कपको तयारीमा रहेको नेपालले सबै ५० ओभरको अभ्यास खेल खेल्नेछ ।

नेपालले एक महिनापछि श्रीलंका र पाकिस्तानमा एसिया कप खेल्नेछ । नेपाली खेलाडीलाई श्रीलंकाको वातावरणमा घुलमिल हुन यो राम्रो अवसर हुनेछ ।

नेपाल र पाकिस्तानबीचको खेल भदौ १३ (अगष्ट ३०) मा मुल्तानमा हुनेछ । पाकिस्तानको मुल्तानमा उक्त खेलपछि नेपाल श्रीलंका जानुपर्ने हुन्छ । नेपाल र भारतबीचको खेल भने श्रीलंकाको काड्नीमा भदौ १८ गते (सेप्टेम्बर ४) मा हुनेछ ।

समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहको शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ८ : ०६ बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु