अनियमित वर्षाका कारण धान रोपाइँमा असर « Khabarhub

अनियमित वर्षाका कारण धान रोपाइँमा असर


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बनियानी– अनियमित वर्षाका कारण झापामा धान रोपाइँमा असर परेको छ । जिल्लामा अपर्याप्त र अनियमित वर्षा हुँदा रोपाइँमा समस्या भएको हो । अघिल्लो वर्षको तुलनामा यो वर्ष करिब सात प्रतिशत रोपाइँ कम भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख तेजराज भण्डारीले जानकारी दिए । 

केही दिन अघिको तथ्यांकअनुसार जिल्लामा ७२ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । पर्याप्त वर्षा नहुँदा रोपाइँका लागि तयारी अवस्थामा राखेको खेतमा पनि रोपाइँ हुन नसकेको उनको भनाइ थियो । ‘गत वर्षको तुलनामा छ–सात प्रतिशत रोपाइँ कम छ’, उनले भने, ‘बिजुली आउँदै जाँदै गर्नाले समेत सिँचाइ मोटरबाट किसानले पर्याप्त लाभ लिन सकेका छैनन् ।’

जिल्लमा गत वर्ष ८७ हजार हेक्टरमा बर्खे धान रोपाइँ भएको थियो भने यस वर्ष पनि सोही अनुपातमा रोपाइँ हुने अनुमान उक्त कार्यालयले गरेको छ । जिल्लामा अधिकांश किसानले रञ्जित, रामनाथ, सर्नालगायत जातका धान लगाएका छन् भने केहीले स्थानीय जातका र बास्नादार धान रोपेका छन् ।

भद्रपुर नगरपालिका–४ का किसान महरसिंह राजवंशीले आफूले रोपाइँ सकेको बताए। उनले भने, ‘रोपाइँ त सकियो अब पानी चाहिन्छ, चाहिएजस्तो पानी परेको छैन ।’ रोपाइँपछि धानलाई पर्याप्त पानी चाहिने उनको भनाइ थियो  । जिल्लामा अघिल्ला वर्षहरूको तुलनामा मलको अभाव भने देखिएको छैन । 

यसैबीच सरकारले धानको समर्थन मूल्य तोकिसकेको छ । सरकारले यस वर्ष बेलैमा धानको समर्थन मूल्य तोकेकामा आफूलाई खुसी लागेको कचनकवलकी किसान पुष्पा रिमालले बताए । ‘किसानले आफूले उत्पादन गरेको धानको न्यूनतम मूल्य पनि नपाउने समस्या छ’, उनले भने, ‘यस पटक सरकारले बेलैमा न्यूनतम मूल्य निर्धारण गरेकाले किसानलाई राहत मिल्ने देखिन्छ ।’

सरकारले आर्थिक वर्ष २०८०-८१ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार एक सय ९८ र मध्यम धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार तीन सय ६२ तोकेको छ । यो मूल्य गत वर्षको तुलनामा रु दुई सय ३१ बढी हो । 

गत आवमा वर्षका लागि सरकारले मोटो धानका लागि प्रतिक्विन्टल रु दुई हजार नौ सय ६७ र मध्यम धानका लागि प्रतिक्विन्टल तीन हजार एक सय २८ तोकेको थियो । गत वर्ष सरकारले कात्तिकको अन्तिम साता मात्र धानको न्यूनतम समर्थन मूल्य तोकेको थियो ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १ : ५१ बजे

हर्मुजमा इरानद्वारा जहाजमाथि आक्रमण

 एजेन्सी– हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि इरानले कारबाही थालेपछि अमेरिका–इरान

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार