रूसी रक्षामन्त्री शोइगु नेतृत्वको प्रतिनिधिमण्डलाई उत्तर कोरियामा भव्य स्वागत « Khabarhub

रूसी रक्षामन्त्री शोइगु नेतृत्वको प्रतिनिधिमण्डलाई उत्तर कोरियामा भव्य स्वागत


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ- रूसका रक्षामन्त्री सर्गेई शोइगु नेतृत्वको प्रतिनिधिमण्डलाई उत्तर कोरियाको राजधानी प्योङयाङमा भव्य स्वागत गरिएको छ । कोरियाली युद्धविरामको वार्षिकोत्सव मनाउने सिलसिलामा रूसी टोली उत्तर कोरियाको भ्रमणमा गएको हो ।

रुसी प्रतिनिधिमण्डल प्योङयाङ विमानस्थलमा अवतरण गर्दा रुसी राष्ट्रिय गीत बारम्बार बजाएर स्वागत गरिएको थियो भने विमास्थल वरपरका सडकमा रुसी झण्डा फहराइएका थिए । रक्षामन्त्री काङ सुन नामले आफ्ना रूसी समकक्षी शोइगुलाई विमानस्थलमा स्वागत गरेका थिए । उत्तर कोरियाली झण्डा र रुसी झण्डा सडकका दुवै किनारमा राखिएका उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

युद्धविरामको वार्षिकोत्सवका अवसरमा बिहीबार प्योङयाङमा विशाल सैन्य परेड हुँदैछ । चिनियाँ कूटनीतिज्ञ एवम् सैनिकको टोली पनि रुसी अधिकारीहरूका साथ परेडमा उपस्थित हुने उत्तर कोरियाली समाचार समितिले जनाएको छ । प्योङयाङले युद्धविराममा हस्ताक्षर गरेको ७० वर्ष पूरा भएको अवसरलाई विजय दिवसका रुपमा मनाउन सैन्य परेडलगायत कार्यक्रम आयोजना गर्न लागेको हो ।

कोरोना महामारीलगायत कारणबाट लामो समयसम्म हुननसकेका उच्चस्तरीय भ्रमण एवम् आदानप्रदान अब शुरु भएका छन् । विश्वबाट एक्लिएको उत्तरका सिमाना सन् २०२० मा कोभिड महामारीका कारण बन्द भएको थियो ।

यसैबीच, उत्तर कोरियालीले आफ्नो देशको सार्वभौम अधिकार, विकास र हितको रक्षाका खातिर सङ्घर्षरतरूसी सेना र जनताप्रति आफ्नो ‘पूर्ण समर्थन’ व्यक्त गरेको छ । रुस उत्तर कोरियाको ऐतिहासिक सहयोगी हो जसले केही राष्ट्रसँग मात्र घनिष्ठ एवम् मित्रवत सम्बन्ध कायम गरेको छ ।

उत्तर कोरियाली नेता किम जोङ उन युक्रेनमा मस्कोले गरेको आक्रमणको समर्थनमा अडिग छन् । उनको निर्देशनमा मस्कोलाई रकेट र मिसाइलहरू आपूर्ति गरिएको आरोप अमेरिकाले लगाउँदै आएको छ ।

सोलको इवा विश्वविद्यालयका प्राध्यापक लीफ–एरिक ईस्लेले रूसी रक्षामन्त्रीको यो भ्रमणले कुनै हतियार सम्झौता वा कूटनीतिक उपलब्धि नहुने टिप्पणी गर्दै युद्धविरामको वार्षिकोत्सवमा एकताको प्रतीकात्मक प्रदर्शन गरेको बताएका छन् । आफ्नो देश युद्धमा रहेको बेला रूसका रक्षामन्त्रीले प्योङयाङ भ्रमण गर्नु उत्तरका निम्ति महत्वपूर्ण भएको इवा विश्वविद्यालयका अर्का प्राध्यापक पार्क वोन–गोनले बताउँछन् । रूस र चीनको उपस्थितिले आफूसँग सुरक्षा परिषद्का सदस्य राष्ट्रको साथ रहेको सन्देश अमेरिकालाई दिन खोजिएको उनको विश्लेषण छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ३ : ०१ बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक