म्याग्दीमा फापर र जुनेलो खेती लोप हुँदै « Khabarhub

म्याग्दीमा फापर र जुनेलो खेती लोप हुँदै


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– म्याग्दीमा परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर, जुनेलो र कोदो खेतीमा कमी आएको छ । कुनै बेला प्रशस्त उत्पादन हुने फापर, जुनेलो र कोदो खेतीमा किसानले रुचि देखाउन छाडेकाले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । जुनेलो मुरली मकै देखिने अन्न हो ।

खासगरी मधुमेहका रोगी र वर्त लिएका मानिसले शुद्ध खानाका रुपमा प्रयोग गर्ने फापर लोप हुँदै गएको छ । जुनेलो र फापर लोप हुनाका कारण पत्ता लगाई किसानाई खेती गर्न उत्साहित बनाउनुपर्ने आवश्यकता देखिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताएका छन् ।

विगतमा जिल्लाको पश्चिमी र उत्तरी क्षेत्रका गाउँमा व्यापक रुपमा उत्पादन हुने गरेको फापर, जुनेलो र कोदो हिजोआज खेती हुन छाडेकाले हराउँदै गएको स्थानीय किसान बताउँछन् ।

दश वर्षअघिसम्म वर्षमा आठ मुरीभन्दा बढी जुनेलो उत्पादन गर्ने गरेको मालिका गाउँपालिका–२ रुमका किसान डेकबहादुर विकले बताए। ‘केही वर्षअघिसम्म म रुममा सबैभन्दा धेरै जुनेलो उत्पादन गर्ने किसानको रुपमा परिचित थिएँ’, उनले भने, ‘पछिल्ला केही वर्षयता यहाँका अरू किसानले पनि बिस्तारै यो खेती छाड्दै गएँ । दुई वर्षयतादेखि मैले पनि जुनेलो लगाउन पूर्णरुपमा छोडेको छु ।’

जुनेलो र फापर खेती लोप हुँदै जानुको प्रमुख कारण गाउँका युवा शक्ति शिक्षा र रोजगारीका लागि पलायन भएर अन्यत्र जानु, गाउँमा श्रम गर्ने शक्तिको खाँचो हुनु, युवा वर्ग यस खेतीमा आकर्षित नहुनु, कतिपय किसानले परम्परागत खेती गर्न छाड्दै जानुलगायत रहेको विकले बताए ।

‘केही वर्षअघिसम्म गाउँमा धान, कोदो र मकैभन्दा बढी जुनेलो उत्पादन हुन्थ्यो । अहिले जुनेलो खेती किसानले गर्न छाडेको छन्’, किसान चन्द्रबहादुर कार्कीले भने । गाउँमा एक किसानले पाँच–सात मुरीसम्म जुनेलो उत्पादन गर्नुका साथै दुई–चार मुरी फापर उत्पादन गरेर वार्षिक रू २० हजारभन्दा बढी आम्दानी लिने गरेका उनले जानकारी दिए ।

‘विगतमा पम्परागत खेतीको प्रचलन थियो । काम गर्ने मजदुर प्रशस्त हुन्थे । गाउँघरका पाखाबारीमा फापर, जुनेलो, कोदोलगायत अन्न उत्पादन हुने गरेको थियो’, कार्कीले भने, ‘अहिले परम्परागत खेती हराउन थाल्यो । गाउँमा काम गर्ने मान्छे पनि पाउन छाड्यो । परम्परागत खेती विस्तारै सबैले छोड्दै गएँ ।’

गाउँघरमा सडक सञ्जाल विस्तार भएपछि तराईमा उत्पादन भएका चामल सहजै गाउँमा आउन थालेकाले गाउँमा परम्परागत खेती गर्नेको सङ्ख्या घट्न थालेको कृषक हरिकृष्ण पौडेलले बताए । कोदो, फापरको ठाउँमा धान, मकै लगाउनाले पनि फापर खेती लोप हुँदै गएको उनको भनाइ थियो ।

युवा पुस्ता फापर, जुनेलो खेतीतर्फ आकर्षित हुन नसक्दा परम्परागत खेती लोप हुँदै गएको बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षीय बेदप्रसाद उपाध्यायले बताए। “’बूढापाका बूढा हुँदै गए, हिजोआजका युवाले यो झन्झटिलो खेती गर्नै चाहँदैनन्’, उनले भने, ‘गाउँघरमा बाहिरबाट खाद्यन्न आउन थाल्यो । गाउँमा खेती गर्नेको सङ्ख्या कमी हुँदै गएकाले पनि जुनेलो, फापर जस्ता परम्परागत अन्नबाली लोप हुन थालेका हुन् ।’

पूर्वाधारको विकासका कारण गाउँगाउँमा सडक सञ्जाल विस्तार हुनु, गाउँका अधिकांश युवा शिक्षा, रोजगारी लगायतका लागि सहर पस्नु तथा विदेश पलायन हुनु र गाउँघरमा बूढापाकामात्र रहनुले पनि जुनेलो तथा फापर खेती लोप हुँदै गएको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए। गाउँमा उत्पादन हुन छाडेपछि अन्यत्रबाट अन्न ल्याएर खानु परेको उनको भनाइ थियो ।

कुनै समय हाराभरा देखिने ग्रामीण क्षेत्रमा पछिल्लो समय बाली नलगाउँदा उजाड देखिन थालेको भन्दै यहाँको उर्वर जमिनको उपयोग गरी उत्पादन बढाउन कृषि ज्ञान केन्द्रले ठोस योजना ल्याएर किसानलाई प्रोत्साहित गर्नुपर्ने किसानको भनाइ छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ४ : २१ बजे

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक