प्रतिनिधिसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण « Khabarhub

प्रतिनिधिसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा सांसदले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद हरि ढकालले सामुदायिक विद्यालयमा दिवा खाजा कटौती गरिएकामा आपत्ति जनाए । दिवा खाजा कटौतीको प्रस्ताव फिर्ता नगरे रास्वपाले कडा निर्णय गर्ने दिन आउने उनको भनाइ थियो ।

सांसद रामहरि खतिवडाले नेपाललाई तस्करको स्वर्गभूमिका रुपमा स्थापित गर्न खोजेको पछिल्लो सुन प्रकरणबाट देखिएकाले यसको सत्यतथ्य सार्वजनिक गर्न माग गरे। एउटा भरिया र चालकलाई पक्राउ गरेर दोषीलाई जोगाउन नहुने उनको भनाइ थियो ।

सांसद विना जयसवालले तराई क्षेत्रमा खानेपानीको समस्या भएको उल्लेख गर्दै पानीबिना छट्पटाइरहेकालाई केन्द्र र प्रदेश सरकारले पनि ध्यान दिनुपर्ने बताइन् । मधेसमा आपत आएका बेला यसको समाधान गर्न स्थानीय सरकारसँग माथिल्ला दुई तहका सरकारले पनि हातेमालो गर्नुपर्ने उनको भनाइ थियो । 

सांसद राजेन्द्र बजगाईँले गोरुलगायत पशु अकालमा मरिरहेकामा कृषि मन्त्रीको ध्यान नगएकाले यस विषयमा काम गर्नुपर्नेमा जोड दिए। सांसद ठाकुर गैरेले पशुपतिनाथमा लगाइएको जलहरीको सुनको चर्चा संसद्मा चलाएर विमानस्थलमा सुन तस्करीको योजना बनेको आरोप लगाए ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ५ : ४४ बजे

सुशासनको कसीमा बालेन सरकारको अग्निपरीक्षा

नेपालले पछिल्ला केही दशकमा राजनीतिक परिवर्तनका धेरै चरणहरू पार गरेको

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत