दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा कांग्रेसको महासमिति बैठक मङ्सिरमा बस्ने, कोशीमा सरकार गठनविरुद्धको सुनुवाइ हेर्दाहेर्दैमा, प्रतिनिधिसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण, सुन तस्करी प्रकरणमा सरकारसँग जवाफ माग्ने एमालेको निर्णय, सुन तस्करीबारे रास्वपाद्वारा संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, प्रहरी वरिष्ठ नायव निरीक्षक पौडेलको होटल सञ्चालकले नै हत्या गरेको खुलासालगायतका समाचारले प्रमुख स्थान पाए ।

कांग्रेसको महासमिति बैठक मङ्सिरमा बस्ने
नेपाली कांग्रेसले यही मंसिर ११ देखि १३ सम्म महासमिति बैठक बोलाउने निर्णय गरेको छ। कांग्रेसले नीति अधिवेशनका लागि आवश्यक काम गर्नका लागि महासमिति बैठक बोलाउने निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।

नेकपा एसले एमसीसी सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जवाफ माग्ने

नेकपा (एकीकृत समाजवादी) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जवाफ माग्ने भएको छ ।

हालै सम्पन्न सचिवालय बैठकले गरेका निर्णय आज सार्वजनिक गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले एमएसी सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग प्रष्ट जवाफ माग गर्ने जानकारी दिए ।

कोशीमा सरकार गठनविरुद्धको सुनुवाइ हेर्दाहेर्दैमा
कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा बिहीबार सुनुवाइ हुने भएको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा आज सुनुवाइ हुँदाहुँदै नसकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीको छानबिन गर्न संसदीय उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुमै एमाले प्रमुख सचेतक पदम गिरीले सुन तस्करीको छानबिन गर्न संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुख देवराज घिमिरेसमक्ष रुलिङको माग गरेका हुन् ।

सुन तस्करीबारे रास्वपाद्वारा संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीले सुन तस्करीको विषयलाई लिएर संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । रास्वपाले बुधबार दिउँसो जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको हो ।

प्रस्तावको डोलप्रसाद अर्याल, सन्तोष परियारसहित १६ जना रहेका छन् भने समर्थकमा रवि लामिछाने, स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ र सोविता गौतम रहेकी छन् ।

प्रतिनिधिसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको बैठकमा सांसदले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद हरि ढकालले सामुदायिक विद्यालयमा दिवा खाजा कटौती गरिएकामा आपत्ति जनाए । दिवा खाजा कटौतीको प्रस्ताव फिर्ता नगरे रास्वपाले कडा निर्णय गर्ने दिन आउने उनको भनाइ थियो ।

अवरुद्ध राजमार्ग सञ्चालन गर्न कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बाढी पहिरोलगायतका कारण जनधनको क्षति हुन नदिन तथा अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

आज रक्षा मन्त्रालयमा विपद् व्यवस्थापन लगायतका विषयमा भएको बैठकमा उनले विपद् पूर्व सतर्कतालाई समेत उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन् ।

सुन तस्करी प्रकरणमा सरकारसँग जवाफ माग्ने एमालेको निर्णय

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा सरकारसँग जवाफ माग्ने निर्णय गरेको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकले सुन तस्करी प्रकरणबारे सरकारको जवाफ माग्ने निर्णय गरेको हो ।

ललिता निवास प्रकरण :पक्राउ परेकामाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका २२ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ ।

उनीहरूलाई आज जिल्ला अदालत काठमाडौँमा पेश गरिएकामा अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।

प्रहरी वरिष्ठ नायव निरीक्षक पौडेलको होटल सञ्चालकले नै हत्या गरेको खुलासा

बागलुङको बडिगाड गाउँपालिका ६ खालबजारस्थित आशा होटल तथा खाजा घरमा मृत भेटिएका प्रहरी वरिष्ठ नायव निरीक्षक उज्वल पौडेलको होटल सञ्चालकले नै हत्या गरेको पाइएको छ ।

प्रहरीको प्रारम्भीक अनुसन्धानबाट होटल सञ्चालक ४५ वर्षीया आशा कुँवर र उनकै छोरा २० वर्षीय विनोद कुँवरले पौडेलको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

सार्वजनिक बस नयाँ बसपार्कबाटै सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा समस्या

संघीय राजधानी काठमाडौँबाट उपत्यका बाहिर सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयनमा समस्या देखिएको छ ।

काठमाडौँ महानगरपालिकाले गत जेठ १९ गते सूचना प्रकाशित गरी असार १ गतेदेखि काठमाडौँभित्रका चक्रपथ वरपरबाट उपत्यका बाहिर सञ्चालन हुँदै आएका सार्वजनिक यात्रुवाहक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरे पनि उक्त निर्णयको कार्यान्वयन नभएको पाइएको हो ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ९ : ०१ बजे

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ