सामाखुसीमा बगेर बेपत्ता बालक अझै फेला परेनन् « Khabarhub

सामाखुसीमा बगेर बेपत्ता बालक अझै फेला परेनन्


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको सामाखुसी खोलामा गत आइतबार साँझ आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर अझै फेला परेका छैनन् ।

खोलाले बगाउँदा बेपत्ता भएका बालक मगरको खोजी कार्यका लागि नेपाल प्रहरीको विपद् व्यवस्थापनको टोली तथा गोताखोर टोली खोजी कार्यमा खटिएको भए पनि अहिलेसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार नेपाल प्रहरीको विपद् व्यवस्थापनको टोली तथा गोताखोर टोलीले सामुखुसी खोला पूरै खोजी गरेको र गोताखोरले हिलोमा समेत छिरेर खोजी गर्दासमेत फेला पार्न सकेको छैन । बेपत्ता बालकको अहिले पनि खोजी कार्य जारी रहेको छ ।

काठमाडौँको पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत निज बालक आइतबार साँझ फुटसल खेल्न जाँदैगर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा बगेर बेपत्ता भएका थिए ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ७ : ५० बजे

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

गण्डकी– गृह मन्त्रालय र गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्

मुस्ताङका वन्यजन्तु पीडितलाई राहत रकम वितरण

मुस्ताङ– यहाँस्थित माथिल्लो मुस्ताङका वन्यजन्तु पीडित पशुधनीहरुलाई राहत रकम वितरण

प्रतिनिधिसभा निर्वाचनमा पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१

कैलालीबाट तीन सय ४२ फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिम– कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप