भारतको टिममा बुमराह अनिवार्य | Khabarhub Khabarhub

भारतको टिममा बुमराह अनिवार्य


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

एकै वर्ष अन्तर्राष्ट्रिय क्रिकेटका डेब्यु गरेका दुई भारतीय स्टार केही समयमै हेर्न लायक भए। त्रासरहित उत्कृष्ट ब्याटिङका कारण ऋषभ पन्त छोटो समयमा नै संसार भरका समर्थकका प्रिय भए।

यसैगरी, अनअर्थोडक्स एक्सन, नियन्त्रण र पेसका कारण जसप्रित बुमराह पनि भारतीय टोलीका महत्त्वपूर्ण खेलाडी भए। यिनीहरू दुवै जनाको अहिले कमब्याकको कथा पनि सँगै जोडिएको छ।

गत वर्ष दुर्घटनामा परेका २५ वर्षीय पन्तले राष्ट्रिय क्रिकेट एकेडेमीमै रिह्याबमा बसे। उनले अहिले नेटमा अभ्यास सुरु गरिसकेका छन्। ढाडको समस्यामा एक वर्ष क्रिकेटबाट टाढा रहेका बुमराह पनि अहिले कप्तानको रूपमा फर्किएर आयरल्यान्डविरुद्धको शृङ्खलामा टोली सम्हाली सकेका छन्।

उनले विस्तारै आफ्नो रन अपलाई बढाउने तथा कोटा भित्र राम्रो बलिङ गर्ने कुरामा उनका समर्थकमा कुनै शंका छैन। लगत्तै हुने एसिया कपर त्यसपछि अक्टोबरमा आयोजना हुने विश्वकपमा उनी प्रभावशाली हुने अपेक्षा गरिएको छ।

अष्ट्रेलियासँगको टी–२० खेलमा चोट बोकेका बुमराह अलि चाँडै खेलमा फर्केको हो कि भन्ने अनुमान भारतीय छनोटकर्ता प्रमुख चेतन शर्माको छ। छनोट गर्ने या नगर्ने पूर्ण जिम्मेवारी उनकै हो। तथापि चेतनको विचारमा मनग्ये आराम गरेर पूर्ण रूपमा ठिक भएर फर्कनु नै ठिक हुनेछ।

धेरै जना सिनीयर क्रिकेटर चिकित्सकीय सल्लाह मान्ने गरेका छैनन्। तर यो एकदमै महँगो पर्ने गरेको छ।

बुमराहको पुनरागमन भने अचम्मकै थियो। आयरल्यान्डसँगको खेलमा उनले पहिलो ओभरमा नै दुई विकेट लिएका थिए। पहिलो बलमा आन्द्रेइु बरबाइनले उनलाई चौका प्रहार गरेका थिए। त्यसपछि हारेर अर्को बल फ्याकेका उनले बललाई पुरै नियन्त्रणमा राखेका थिए। बरबाइनलाई विकेट पछाडि क्याच गराइयो।

पुरा ठिक नभई अष्ट्रेलियासँगको खलमा फर्किएका उनी त्यसै कारण टी–२० विश्वकप गुमाउन पुगेका थिए। धेरै सिनीयर खेलाडी आराम गर्न भन्दा खेल्न नै मन पराउने भएका कारण खेलमा फर्कने तयारी पनि गर्ने गरेका छन्।

सन् २००१ मा कलकत्तामा भएको खेलको एक दिन अघि ढाडको समस्या देखिए पनि भीभीएस लक्ष्मणले २८१ रन प्रहार गरेका थिए। असाध्यै दाँतको दुखाइको बिचमा पनि सुनिल गावस्करले वेस्ट इन्डिजसँगको खेलमा दोहोरो शतक प्रहार गरेका थिए।

नन अर्थोडक्स बलिङकै कारण बुमराहको ढाडमा बारम्बार समस्या देखिएको हो। आफ्नो क्यारियरसँग सम्झौता गर्ने क्रममा उनले पेसलाई घटाउने गरेका छन्। योर्कर, स्लोअर बल, सिमर कटर र ओल् ब्लाइन्डरको माध्यमबाट ब्याट्सम्यानलाई हैरान पार्ने उनको आदत नै हो।

अहिले भारतीय क्रिकेटमा बुमराहको आवश्यकता एकदमै धेरै रन प्रहार गर्ने ब्याट्सम्यानको जत्तिकै छ। भारतसँग एक से एक ब्याट्सम्यान छन्। एकको अभावमा अर्को उपस्थित हुनेछन्। तर बुमराहको भने कुनै विकल्प नै छैन।
उनको अहिलेको स्वास्थ्य अवस्थै सबै खेलमा खेल्ने किसिमको छैन। लगातार धेरै ओभर बलिङ गर्न पनि उनी सफल हुने छैनन्।

पुनरागमनसँगै बुमराहको जिम्मेवारी बढेको छ। उनले आफूलाई १५ ओभरसम्म बलिङ गर्न सक्षम ठान्छन्। आयरल्यान्डसँगको खेलमा फिर्ता भएसँगै उनले जुनसुकै समय ब्याट्सम्यानलाई समस्यामा पार्ने आफ्नो क्षमता देखाइ सकेका छन्। तर उनका केही सतर्ककाका विषय छन्। उनी बलर र कप्तानको भूमिकामा सन्तुलित देखिन आवश्यक छ।

उनले रिह्याबको समयमा टी–२० का लागि आफूलाई तयार पारीरहेका थिए। तर अहिले उनी सबै खेलका लागि तयार भइसकेका छन्। आयरल्यान्डसँगको खेल अगाडि उनले आफू कुनै पनि परिस्थितिका लागि तयार भएको बताएका थिए।

बलिङ गर्नु अघि मन्द मुस्कानसहित रन अपमा जाने उनी कुनै पनि दबाब सहन सक्ने क्षमता राख्छन्। त्यो नै उनको मुख्य परिचय र विशेषता पनि हो।

अबको भारतीय क्रिकेटको स्टार को भन्ने प्रश्न अहिले पनि उठ्ने गरेको छ। बुमराह हाइ प्रोफाइल स्टारको रूपमा लामो समय रहन्छन् या रहँदैनन् निश्चित छैन। तर, लामो समय टोलीका लागि आवश्यक खेलाडी भने पक्कै हुन्। भारतमा अहिले रहेका बलर मध्ये बुमराह जत्तिकै प्रभावकारी अन्य डेथ बलर देखिन कठिन मानिन्छ।

ब्याट्सम्यानको हकमा भने एक से एक विकल्प छन्। तथापि सबै भन्दा स्टार को भन्ने कुरामा क्रिकेटका पण्डितको माझमा छ। पन्तलाई गत वर्षसम्म अबको स्टार ब्याट्सम्यानको रूपमा हेरिए पनि पछिल्ला फर्मले शुभमन गीलले यी सबैलाई पछि पारेका छन्।

आइपिएलमा रोयल च्यालेन्जर बंगलोरका लागि विराट कोहलीले लगातार शतक प्रहार गर्दै कीर्तिमान नै कायम गरेका थिए। यसै वर्ष गीलले पनि गुजरात टाइटनका लागि लगातार दुई आइपिएल शतक प्रहार गरे।

अहिले गीललाई विराट कोहलीको उत्तराधिकारीको रूपमा चिनिन थालिएको छ। उनको सो उत्कृष्ट प्रदर्शनको सुरुवात एकदमै कम उमेरबाट भएको थियो। गील १५ वर्षको हुँदा नै यु–१६ प्रतियोगितामा तीन सय ५१ रन प्रहार गरेका थिए।

विजय मर्चान्ट प्रतियोगिताका लागि पन्जाबबाट खेलेका उनले सुरुवातै दोहोरो शतकबाट गरेका थिए। त्यसपछि उनी सन् २०१८ मा भएको यु–१९ विश्वकप क्रिकेटमा भारतीय टोलीको उपकप्तान भए। यसमा कुनै आश्चर्य पनि थिएन। यस भन्दा अघि नै उनले पन्जाबको तर्फबाट रणजी ट्रफी खेलीसकेका थिए।

उनले यूथ विश्वकपको सेमिफाइनलमा पनि पाकिस्तानको विरुद्धमा अविजित १ सय २ रन प्रहार गरेका थिए। धेरै कुरा उनको अनुकूल नै भएको थियो। उनी प्लेयर अफ द टुर्नामेन्ट पनि भएका थिए।

सन् २०२३ त उनका लागि सबैभन्दा सुखद भयो। सबै भन्दा कम उमेरमा एक दिवसीय दोहोरो शतक प्रहार गर्ने कीर्तिमान राखेका उनले टी–२० मा सबै भन्दा धेरै शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान राखे। साथमा लगातार आइपिएल सत्तकको कीर्तिमान बनाएका छन्। टी–२० का यी स्टार सबै किसिमका क्रिकेटका लागि उत्तिकै माहिर छन्।

उनले अष्ट्रेलियासँगको टेस्टमा दबाबकाबीच ९१ रन प्रहार गरेका थिए। टाइमिङ, इनीसेसन लिने हिम्मत र फिल्डरको पोजीसन सधैँ बुझ्ने खुबी साँच्चै अचम्मकै छ।

अहिले संसारका कुनै पनि उत्कृष्ट बलरका लागि गील टाउको दुखाइको विषय बनी सकेका छन्। यी नै गील र पन्त हेर्न लायक आकर्षण भए।

अन्य धेरै ब्याट्सम्यानका भिन्नभिन्नै खुबीका कारण आसन्न एसिया कप र विश्वकपमा भारत पक्कै हेर्न लायक टोली हुनेछ। तर डेथ ओभरको बलिङ र पारीको सुरुवातमा उत्तिकै जम्ने बुमराह जुनसुकै समयमा खेलका लागि माहिर छन्। तसर्थ जसरी तेन्दुलकरको पुस्ता पछि विराट कोहलीको पुस्ताको उदय भएको थियो। त्यसै गील र पन्तको पुस्तामा बुमराह टोलीका अनिवार्य सदस्य हुन्।
स्रोतः बीबीसी

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ७ : ०८ बजे

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय