राष्ट्र बैंकले भोलि १० अर्बको विकास ऋणपत्र जारी गर्दै « Khabarhub

राष्ट्र बैंकले भोलि १० अर्बको विकास ऋणपत्र जारी गर्दै


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले भोलि ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन् । यो ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यामकबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ ।

यो ऋणपत्र धितो राखी कर्जासमेत लिन सकिनेछ । भदौ १० गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ ११ गते सोमबार निष्काशन हुनेछ । अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ ।

घटीमा पचास हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न पाइनेछ ।

यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् ।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले प्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् । यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत मात्र हुनेछ ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ६ : ४६ बजे

रुसको गुप्तचर गतिविधिबारे खुलासापछि जापान सतर्क, जासुसी नियन्त्रण थप कडा बनाउने तयारी

टोकियो– रुसले जापानलाई गुप्तचर गतिविधि सञ्चालन तथा युक्रेन युद्धसँग सम्बन्धित

सीके राउत भन्छन् : सञ्चार गृहसामुन्ने शंकास्पद गाडी राख्नेले भोलि घरमा बम पनि राख्न सक्छ

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विभिन्न सञ्चारगृह

भुजेल संस्कृति संरक्षण गरिँदै

दमौली– भुजेल समुदायको मौलिक सांस्कृतिक सम्पदा मानिने चुड्का नाच पछिल्ला

दोवा-सोवाङ-चिमखोला पदमार्ग पहिचान

म्याग्दी– जिल्लाको अन्नपूर्ण गाउँपालिका-१ दोवाबाट सोवाङधुरी हुँदै रघुगङ्गा गाउँपालिका-७ चिमखोला