मोरङको बेतनामा सङ्कटापन्न ‘ब्ल्याक सफ्टसेल’ कछुवा फेला « Khabarhub

मोरङको बेतनामा सङ्कटापन्न ‘ब्ल्याक सफ्टसेल’ कछुवा फेला


९ भदौ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्ल्याक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएका छन् ।

‘बेतना सिमसारमा धेरै वर्ष अघिदेखि पाउने गरिएको ती कछुवालाई मयूर प्वाँखे कछुवा भन्ने गरिन्थ्यो, तर त्यसको च्यापु हेरेपछि थाहा भयो यो नेपालको लागि नयाँ प्रजातिको कछुवा भनेर,’ वातावरण पत्रकार साथै प्राणी शास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीले बताए ।

सन् २०२२ मा नेपालको सहयोगमा अष्ट्रियाका वैज्ञानिक डा. पिटर प्रस्छाङको नेतृत्वमा गरिएको अनुसन्धानले मोरङको बेतना सिमसारमा ‘ब्लाक सफ्ट सेल’ (कालो नरम खपटे) प्रजातिको कछुवा फेला पारेको हो । जसको वैज्ञानिक नाम ‘निलोस्सोनिया निगृकन्स’ रहेको छ ।

उक्त अनुसन्धान टोलीका एक सदस्य तपिल प्रकाश राईका अनुसार उक्त कछुवा ‘आइयुसीएन’मा अति सङ्कटापन्न प्रजातिको रुपमा सूचीकृत रहेको बताए ।

नरम स्वभावको, मानिससँग घुलमिल हुन रुचाउने उक्त कछुवा ७० देखि ८० किलोसम्मको हुने र बेतना सिमसारमा करिब दुई दर्जनको सङ्ख्यामा रहेको अनुसन्धान टोलीका सदस्य तपिल प्रकाश राईले जानकारी दिए ।

भारत र बङ्गलादेशको केही स्थानमा मात्र भेटिने उक्त कछुवा झट्ट हेर्दा मयूर प्वाँखे कछुवासँग मिल्दाजुल्दो देखिन्छ तर फरक प्रजातिको रहेको राईले बताए । हालसम्म नेपालमा कछुवाका १७ प्रजाति र दुई उपप्रजाति फेला परेका छन् । तीमध्ये १३ वटा कडा हाड र चार प्रजातिको नरम खपेटा भएका छन् ।

तराईका केही जिल्लामा मात्र भेटिने मयूर प्वाँखे कछुवा अन्यन्त्रको तुलनामा पूर्वी नेपालमा बढी मात्रामा भेटिने गरेको छ । सिमसारमा कृत्रिम संरचना निर्माण गर्दा बासस्थान विनाश हुँदै गएको र चोरी तस्करी नियन्त्रण हुन नसक्दा यसको अस्तित्व लोप हुने खतरा रहेको छ ।

नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशमा मात्रै पाइने मयूर प्वाँखे कछुवा नेपालमा पाइने कछुवा प्रजातिभन्दा केही ठूलो हुन्छ । रातको समयमा सक्रिय हुने यो प्रजातिले शङ्के किरा, माछा, गड्यौलालगायत स–साना प्रजाति खान्छ । एक पटकमा २० देखि ३० वटासम्म फुल पार्छ । अगस्ट र नोभेम्बर महिनामा फुल पार्ने र जुनदेखि जुलाइमा कोरल्छ ।

दलदलमा बस्ने यो कछुवाले माटोमुनि नै बस्न रुचाउँछ । भालेभन्दा पोथी केही ठूलो हुने यो प्रजातिको कछुवा नेपालमा अधिक चोरी शिकार हुने प्रजातिभित्र पर्छ ।

यो प्रजातिको बारेमा अध्ययन अनुसन्धान कम हुँदा यसको अवस्थाबारे थाहा हुन छाडेको छ । विसं २०७५ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रकाशन गरेको एक विवरणमा उक्त प्रजातिको कछुवा सुनसरी, चितवन र बर्दियामा पाइने उल्लेख छ ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  १० : ३९ बजे

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको