चन्द्रयान–३ अवतरण भएको चन्द्रमाको स्थानको नाम ‘शिवशक्ति पोइन्ट’ | Khabarhub Khabarhub

चन्द्रयान–३ अवतरण भएको चन्द्रमाको स्थानको नाम ‘शिवशक्ति पोइन्ट’


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

बैंगलोर– प्रधानमन्त्री नरेन्द्र मोदीले इसरोका वैज्ञानिकहरूलाई भेटेर चन्द्रयान–३ मिशनको सफलताको लागि बधाई दिएका छन् ।

सो क्रममा वैज्ञानिकहरूलाई सम्बोधन गर्दै मोदीले धेरै ठूला घोषणाहरू गरेका छन् । जसमध्ये चन्द्रयान–३ मिशनको ल्यान्डर विक्रमले छोएको ठाउँलाई अबदेखि ‘शिव शक्ति पोइन्ट’ भनेर चिनिनेछ। यसका साथै मोदीले ‘‘तिरंगा प्वाइन्ट’ र  ‘राष्ट्रिय अन्तरिक्ष दिवस’ मनाउने घोषणा पनि गरेका छन् ।

यस नामकरणको कारण स्पष्ट गर्दै प्रधानमन्त्री मोदीले अन्तरिक्ष अभियानको ‘टच डाउन पोइन्ट’लाई नाम दिने चलन रहेको बताए । भारतले चन्द्रमाको जुन भागमा हाम्रो चन्द्रयान अवतरण गरेको छ, त्यसको नाम पनि राख्ने निर्णय गरेको छ ।

चन्द्रयान–३ को ल्यान्डर जुन ठाउँमा अवतरण भयो, अब त्यो बिन्दुलाई  ‘शिव–शक्ति’ भनिनेछ । शिवमा मानवताको कल्याणको संकल्प छ र शक्तिले हामीलाई ती संकल्पहरू पूरा गर्ने क्षमता दिन्छ। चन्द्रमाको शिव शक्ति बिन्दुले कन्या कुमारीसँग हिमालय जोडिएको आभास दिन्छ।

चन्द्रयान–३ को सफलतामा प्रधानमन्त्री मोदीले चन्द्रयान–२ को प्रयासलाई पनि स्मरण गरेका छन । उनले चन्द्रयान–२ ले चन्द्रमामा पाइलाको छाप छोडेको बिन्दुलाई अब ‘तिरंगा’ भनिने घोषणा गरे । ‘यो तिरंगा बिन्दु भारतको हरेक प्रयासको प्रेरणा बन्नेछ। यो बिन्दुले हामीलाई सिकाउनेछ कि कुनै पनि असफलता अन्तिम हुँदैन,’ उनले भने ।

मोदीले अगस्ट २३ मा भारतले चन्द्रमामा तिरंगा फहराए पछि त्यस दिनलाई अब राष्ट्रिय अन्तरिक्ष दिवसका रूपमा मनाइनेसमेत बताए ।

प्रधानमन्त्री मोदीले भारत पक्कै पनि अन्तरिक्ष र प्रविधिको क्षेत्रमा विश्व नेताको रूपमा उभिने बताएका छन्। अनुसन्धानको यो शक्तिले भारतलाई नयाँ उचाइमा पुर्‍याउने छ र २०४७ मा भारतलाई विकसित देश बनाउने छ।

 

भारतका धर्म ग्रन्थहरूमा पाइने खगोलीय सूत्रहरूलाई वैज्ञानिक रूपमा प्रमाणित गर्न नयाँ पुस्ताहरू तिनीहरूलाई नयाँ अध्ययन गर्न अगाडि आएमा यो हाम्रो सम्पदा र विज्ञानको लागि महत्त्वपूर्ण छ, उनले भने ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ११ : ४५ बजे

किन कार्यान्वयन भएन ५ खर्बको लघुवित्त कोष ?

काठमाडौं- सरकारको नीति तथा कार्यक्रम कतिसम्म अस्थिर छ भन्ने तथ्य

आईपीएल : आज सनराइजर्स हैदरावाद र गुजरात खेल्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

पार्टी विभाजनको भण्डाफोर गर्न जसपा नेपालको देशभर परिपत्र

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजनको विषयमा तल्ला

पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ घाइते

पाल्पा– पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा बुधबार साँझ यात्रुवाहक

सरकारको नीति तथा कार्यक्रममा महिलाको मुद्दा कति समेटियो ?

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार दुबै संसदको संयुक्त सदनमा