शुत्र ग्रहमा प्राणी रहेको नासाका बैज्ञानिकको दाबी | Khabarhub Khabarhub

शुत्र ग्रहमा प्राणी रहेको नासाका बैज्ञानिकको दाबी


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– सौर्यमण्डलमा रहेको शुक्र ग्रहलाई पृथ्वीको जुम्ल्याहा बहिनी भनिन्छ । यसको कारण यो हो कि यो ग्रह पृथ्वीको आकारको हो र यो ग्रह सौर्यमण्डलको बसोबास योग्य क्षेत्रमा अवस्थित छ।

शुक्र ग्रहको बारेमा एउटा यस्तो दाबी गरिएको छ, जसले सबैलाई चकित पार्नेछ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका एक वैज्ञानिकले शुक्र ग्रहमा एलियन्स हुन सक्ने दाबी गरेका छन् । यसको कारण पनि उनले दिएका छन् ।

शुक्रको तापक्रम ४७५ डिग्री सेल्सियससम्म पुग्छ। ग्रहको वायुमण्डल बिल्कुल विषाक्त छ। जसका कारण यहाँ जीवन हुन्छ भनेर कसैले कल्पना पनि गर्न सक्दैन।

तर, नासाका वैज्ञानिक डा. मिशेल थालरले त्यसको ठीक उल्टो सोच्दछन् । अमेरिकाको गोडार्ड स्पेस फ्लाइट सेन्टरमा कार्यरत डा. मिचेलले एउटा नयाँ सिद्धान्त दिएका छन्, जसअन्तर्गत शुक्र ग्रहमा जीवन रहेको बताइएको छ ।

सौर्यमण्डलको दोस्रो ग्रह शुक्रको वातावरण यस्तो छ कि त्यहाँ मानिस बाँच्न सक्दैन। तर डा. मिशेल भन्छन् कि हामीले कार्बन डाइअक्साइड वायुमण्डलमा जीवनको सम्भावित निशान देखेका छौँ ,

द सनलाई दिएको अन्तर्वार्तामा उनले भने, ‘हामी शुक्रको वायुमण्डलमा जीवनको सम्भावित संकेत देखिरहेका छौँ। मैले शुक्रको बारेमा यस्तो कुराको अपेक्षा गरेको थिइनँ। ग्रहको वायुमण्डल कुनै ब्याक्टेरियाबाट तयार भएको जस्तो देखिन्छ।’

शुक्रको वायुमण्डल धेरै खतरनाक छ। यदि कुनै व्यक्तिलाई त्यहाँ पठाइयो भने त्यो क्षणमै मर्छ। यद्यपि धेरै अध्ययनहरूमा यो भनिएको छ कि ग्रहमा ब्याक्टेरियाको रूपमा जीवन हुन सक्छ। सूर्यबाट शुक्रको दूरी ६.७ करोड मिलियन माइल छ।

यो सौर्य मण्डलको सबैभन्दा तातो ग्रह हो। यसको वायुमण्डलमा सल्फ्यूरिक एसिड र कार्बन डाइअक्साइड मिसिएको हुन्छ ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ११ : ५४ बजे

एसियाली खेलकुद : नेपाल स्क्वास र फेन्सिङमा पराजित

हाङझाउ – १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत स्क्वासको पुरुष टिम

महोत्तरीमा पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – महोत्तरीको सोनमा गाउँपालिका–५, खयरबनी चोकबाट प्रहरीले कटुवा पेस्तोलसहित

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्मा पाँच दिवसीय भारत भ्रमण सम्पन्न गरी

भीभीआईपीहरु जात्रा अवलोकन गर्न पैदल जाने अभ्यास संस्थागत हुनेछ : बालेन

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले इन्द्रजात्रा अवलोकन गर्न

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

कैलाली – जोशीपुर गाउँपालिका– ५ बनकट्टा बस्ने ३२ वर्षीय प्रवेश