शुत्र ग्रहमा प्राणी रहेको नासाका बैज्ञानिकको दाबी « Khabarhub

शुत्र ग्रहमा प्राणी रहेको नासाका बैज्ञानिकको दाबी


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– सौर्यमण्डलमा रहेको शुक्र ग्रहलाई पृथ्वीको जुम्ल्याहा बहिनी भनिन्छ । यसको कारण यो हो कि यो ग्रह पृथ्वीको आकारको हो र यो ग्रह सौर्यमण्डलको बसोबास योग्य क्षेत्रमा अवस्थित छ।

शुक्र ग्रहको बारेमा एउटा यस्तो दाबी गरिएको छ, जसले सबैलाई चकित पार्नेछ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका एक वैज्ञानिकले शुक्र ग्रहमा एलियन्स हुन सक्ने दाबी गरेका छन् । यसको कारण पनि उनले दिएका छन् ।

शुक्रको तापक्रम ४७५ डिग्री सेल्सियससम्म पुग्छ। ग्रहको वायुमण्डल बिल्कुल विषाक्त छ। जसका कारण यहाँ जीवन हुन्छ भनेर कसैले कल्पना पनि गर्न सक्दैन।

तर, नासाका वैज्ञानिक डा. मिशेल थालरले त्यसको ठीक उल्टो सोच्दछन् । अमेरिकाको गोडार्ड स्पेस फ्लाइट सेन्टरमा कार्यरत डा. मिचेलले एउटा नयाँ सिद्धान्त दिएका छन्, जसअन्तर्गत शुक्र ग्रहमा जीवन रहेको बताइएको छ ।

सौर्यमण्डलको दोस्रो ग्रह शुक्रको वातावरण यस्तो छ कि त्यहाँ मानिस बाँच्न सक्दैन। तर डा. मिशेल भन्छन् कि हामीले कार्बन डाइअक्साइड वायुमण्डलमा जीवनको सम्भावित निशान देखेका छौँ ,

द सनलाई दिएको अन्तर्वार्तामा उनले भने, ‘हामी शुक्रको वायुमण्डलमा जीवनको सम्भावित संकेत देखिरहेका छौँ। मैले शुक्रको बारेमा यस्तो कुराको अपेक्षा गरेको थिइनँ। ग्रहको वायुमण्डल कुनै ब्याक्टेरियाबाट तयार भएको जस्तो देखिन्छ।’

शुक्रको वायुमण्डल धेरै खतरनाक छ। यदि कुनै व्यक्तिलाई त्यहाँ पठाइयो भने त्यो क्षणमै मर्छ। यद्यपि धेरै अध्ययनहरूमा यो भनिएको छ कि ग्रहमा ब्याक्टेरियाको रूपमा जीवन हुन सक्छ। सूर्यबाट शुक्रको दूरी ६.७ करोड मिलियन माइल छ।

यो सौर्य मण्डलको सबैभन्दा तातो ग्रह हो। यसको वायुमण्डलमा सल्फ्यूरिक एसिड र कार्बन डाइअक्साइड मिसिएको हुन्छ ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ११ : ५४ बजे

देवानगञ्जमा युवकलाई गोली हानिएको घटना प्रहरीले किन लुकायो ?

विराटनगर- सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा शनिबार भएको घटनामा स्थानीय निरजकुमार

उपासनाको एकतर्फी प्रेममा सोनम, यस्तो छ ‘जलाकी’को फष्टलुक टिजर

काठमाडौं– अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

रियाद– यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलो पटक साउदी राजधानी

एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

नागोया– आयोजक जापानले बीसौँ एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको

जीप दुर्घटनामा वृद्धाको मृत्यु, सात जना घाइते

गोरखा– सिरानचोक गाउँपालिका–२ थालाजुङमा आज बिहान भएको जीप दुर्घटनामा एक वृद्धाको