बागमतीमा 'नदी महोत्सव तथा महाजलयात्रा' | Khabarhub Khabarhub

बागमतीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ सम्पन्न भएको छ ।

नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा आज बिहान ७ बजे कुपण्डोलस्थित बागमती पुलछेउबाट सुन्दरीघाटसम्म जलयात्रा गरिएको हो ।

नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वद्र्धनका साथै र्‍याफ्टिङ र जल पर्यटनको उजागर गर्नका लागि र नदी महोत्सव तथा महाजलयात्रा गरिएको बताए ।

काठमाडौँ सहरका साथै बागमती नदीको वातावरण दूषित भएको भन्दै २३औँ संस्करणका रुपमा महाजलयात्रा आयोजना गरिएको हो ।

सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्वपूर्ण बागमती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् ।

बाजागाजासहित सुरु भएको जलयात्राले सबैलाई नदी नजिक पुर्‍याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरुको सरोकार राख्ने अवस्था सिर्जना गराएको नाराले जनाएको छ । सोही अवसरमा सहभागीले नदी सरसफाई समेत गरेका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  १२ : ०३ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी