धार्मिक सद्भाव नेपालीको पहिचान : शेखर कोइराला | Khabarhub Khabarhub

धार्मिक सद्भाव नेपालीको पहिचान : शेखर कोइराला


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले धार्मिक सद्भाव नेपालीको पहिचान भएको बताएका छन् । नेपाल प्रेस युनियन मोरङको आज विराटनगरमा आयोजित पदस्थापन समारोहमा उनले नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक मुलुक भएकाले सामाजिक एवं धार्मिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरे ।

संघीय सांसद डा कोइरालाले मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएको तर संविधानमा लेखिएका कुरालाई पालना गर्नुपर्नेमा जोड दिए । ‘जातीय एवं पहिचानका आधारमा प्रदेशको नामकरण गर्छौँ भन्नु गलत विचार हो’, उनले भने। कोशी प्रदेशमा संविधानको पालना गरी सरकार निर्माण गर्न नेता कोइरालाले सुझाव दिए । जनताले बुझने गरी ललिता निवास, भुटानी शरणार्थी, सुन तस्करी काण्डलगायतको छिनोफानो गरेमा मात्र मुलुकमा विश्वासको वातावरण सिर्जना भई सुशासन कायम हुने उनको भनाइ थियो ।

मोरङ युनियनका नव निर्वाचित अध्यक्ष वेदराज पौडेलाई पद हस्तान्तरण गर्न आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरे, नेपाल उद्योग परिसङ्घ कोशीका अध्यक्ष भीम घिमिरे, उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुराना, कांग्रेसका कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्तालगायतले विकासलाई प्राथमिकतामा राखी सत्यतथ्यका आधारमा समाचार पस्कन सञ्चारकर्मीसित आग्रह गरे । 

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ४ : १६ बजे

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

भरतपुर– सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।