सक्षम र योग्य न्यायाधीश नियुक्ति आवश्यक : मन्त्री गुरुङ | Khabarhub Khabarhub

सक्षम र योग्य न्यायाधीश नियुक्ति आवश्यक : मन्त्री गुरुङ


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

झापा– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायपालिका सुधारका लागि सक्षम र योग्य न्यायाधीश नियुक्ति हुन आवश्यक रहेको बताएका छन् । डेमोक्र्याटिक लयर्स एसोसिएसन झापाले आज चन्द्रगढीमा आयोजना गरेको कानुन व्यवसायीसँगको भेटघाट कार्यक्रममा उनले अब नियुक्त हुने न्यायाधीशबाट न्यायपालिकाको सुधार हुने अपेक्षा गरिएको बताए ।

नेपाली कांग्रेसका उपसभापतिसमेत रहनुभएको मन्त्री गुरुङले स्वतन्त्र र निष्पक्ष हुनुपर्ने मान्यताअनुरूप न्यायालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने प्रतिबद्धता व्यक्त गरे । योग्य र सक्षम न्यायाधीश नियुक्तिका पक्षमा सरकार रहेको उनको धारणा थियो । न्यायिक क्षेत्रमा विगतको जस्तो कमजोरी हुन नदिन न्यायाधीश नियुक्तिमा ढिलाइ नगरिने मन्त्री गुरुङको भनाइ थियो ।

सो अवसरमा झापा जिल्ला अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवालीले झापामा मुद्दाको चाप बढेकाले जनशक्ति  थप्न आवश्यक भएको बताए । कार्यक्रममा एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरज खत्रीले न्याय क्षेत्रमा रहेका बेथिति तथा विसङ्गति हटाएर न्यायपालिकालाई स्वतन्त्र र मर्यादित बनाउन आवश्यक रहेको चर्चा गरे ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ५ : ०५ बजे

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।

जापानमा दक्षिणपन्थी दलको प्रभाव बढ्दो

काठमाडौं – जापानमा अति दक्षिणपन्थीको प्रभाव बढेको छ। जापानको माथिल्लो

साफ यु-२० महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेश भिड्ने, विजेताको टुङ्गो लाग्ने

काठमाडौं– २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज (सोमबार)

रावण केन्द्रित फिल्म ‘रामायण’ घोषणाः रामको रूपमा सूर्य, सीताको रूपमा आलिया

काठमाडौं – धार्मिक पौराणिक कथा ‘रामायण’ फेरि एकपटक चर्चामा आएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, प्रत्येक सदस्यलाई बोल्न तीन मिनेटको समय

काठमाडौं– नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज (सोमबार) बस्दैछ ।