भूमध्य सागरबाट सयौँ आप्रवासीको उद्धार « Khabarhub

भूमध्य सागरबाट सयौँ आप्रवासीको उद्धार


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पेरिस- फ्रान्सको एक गैरसरकारी संस्थाले भूमध्य सागरमा सङ्कटले घेरिएका चार सय ३८ जना आप्रवासीको ज्यान बचाएको छ । उक्त संस्थाले उद्धार जहाज ओशन वाइकिङमार्फत बितेका दुई दिनमा ती आप्रवासीलाई उद्धार गरेको हो ।

उद्धारक संस्था एसओएस मेडिटरेनीले लिबिया र ट्युनिसियाको अन्तर्राष्ट्रिय जलक्षेत्रबाट उनीहरूको उद्धार गरेको जनाउँदै गत बिहीबार मध्य भूमध्य सागरमा तीनवटा डुङ्गा परिचालन गरेर  २३ देशका दुई सय ७२ जनाको ज्यान बचाएको बताएको छ ।

उक्त जलक्षेत्र आप्रवासीहरूका लागि विश्वको सबैभन्दा खतरनाक सामुद्रिक मार्ग हो । उद्धार गरिएकामध्ये ३२ जना नाबालिग, नौ जना बालबालिका र पाँच जना अपाङ्गता भएका व्यक्ति थिए ।

हिजो पछि शुक्रबार पनि थप एक सय ६६ जनाको उद्धार गरिएको एसओएस मेडिटरेनीले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकाय इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसनका अनुसार यस वर्ष मध्य भूमध्य सागर पार गर्ने प्रयासमा कम्तिमा दुई हजार १३ जनाको मृत्यु भएको छ ।

गत जुनमा पश्चिमी भूमध्य सागरमा एउटा डुङ्गा डुब्दा ८२ जनाको इहलीला समाप्त भएको थियो । अघिल्लो वर्ष युरोपमा सहज जीवनयापन गर्ने सपना साकार पार्न हिँडेका एक हजार चार सय १७ जना आप्रवासीले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ६ : १५ बजे

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक

पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री बानिया

नारायणगढ– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण

चिसो बढेपछि बाँकेमा दाउरा वितरण

नेपालगन्ज– चिसो बढ्दै गएपछि आगो ताप्नका लागि बाँकेका स्थानीय तहले

पाँच महिनामा आठ अर्ब ७७ करोडको खाद्यान्न आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै आठ अर्ब ७७ करोड रुपैयाँ मूल्य बराबरको १७