लापसे गरेर सवारी चलाउने तीन चालक पक्राउ « Khabarhub

लापसे गरेर सवारी चलाउने तीन चालक पक्राउ


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुरको जगातीमा लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका तीन जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले प्रदेश २-०३-००१ज ०१४७ नम्बरको विंगर चालक २८ वर्षीय जनक भुजेल, बा ४ ख ८०७५ नम्बरको मिनीबस चालक ३८ वर्षीय प्रभाषकुमार झा र ना५ख ९१५९ नम्बरको कन्टेनर चालक ४२ वर्षीय सन्तोष भण्डारीलाई नियन्त्रणमा लिएको हो। 

नियन्त्रणमा लिएका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका का लागि प्रहरी वृत्त जगाती पठाइएको छ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त जगातीको संयुक्त टोलीले १४ सवारीसाधनका चालकलाई चेक गर्दा तीन जना भने लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका थिए।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ६ : २० बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु