खोलामा डुबेर दुई जनाको मृत्यु « Khabarhub

खोलामा डुबेर दुई जनाको मृत्यु


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

खजुरा– खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका–४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर बताए । 

साथीसँग खोलामा नुहाउन गएका बेला आज दिउँसो बर्मा नालामा बेपत्ता भएका थिए । बेपत्ता बर्माको शव प्रहरीको टोलीले निकालेको थियो । 

पोखरीमा पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–१ कौशिला नगरका १७ वर्षीय सुरेश सार्कीको डुबेर मृत्यु भएको छ । बैजनाथ गाउँपालिका–३ एलबीचोकस्थित महेन्द्र तालमा नुहाउन गएका सार्कीको डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक राठौरले बताए ।

 मृतक सार्कीसँगै पौडी खेल्न गएका अन्य दुईजना फरार भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ६ : ५७ बजे

गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु

एजेन्सी– गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको

निर्वाचन आचारसंहिता कार्यान्वयनमा भोजपुरका सबैपक्ष प्रतिबद्ध

भोजपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

रास्वपाका दर्जनौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश

राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल

तेस्रो मुलुकका नागरिकलाई छ वर्षपछि खुल्यो जमुनाह नाका

नेपालगञ्ज– जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु भएको

जुम्लामा नौ सय चौहत्तर निर्वाचन प्रहरी छनोट

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि