डुबेर दुई जनाको मृत्यु « Khabarhub

डुबेर दुई जनाको मृत्यु


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

बाँके – खोला र पोखरीमा डुवेर बाँकेमा दुई जनाको मृत्यु भएको छ। जानकी गाउँपालिका–४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनी नालामा डुबेर मृत्यु भएको हो।

साथीहरूसँग खोलामा नुहाउन गएका बर्मा नालामा बेपत्ता भएका थिए। उनलाई झन्डै १५ मिनेटपछि साथीहरूले पानीबाट निकालेको प्रहरीले जनाएको छ।

यस्तै, पोखरीमा पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका १ कौशिलानगरका १७ वर्षीय सुरेश सार्कीको डुबेर मृत्यु भएको छ। बैजनाथ गाउँपालिका– ३ एलबी चोकस्थित महेन्द्र तालमा नुहाउन गएका सार्कीको डुबेर मृत्यु भएको डिएसपी डाँगीले बताए।

उनीसँगै पौडी खेल्न गएका अन्य दुईजना फरार भएका र दुवै घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ८ : १५ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको