जिहादी समूहको आक्रमणमा परी ११ सिरियाली सैनिकको मृत्यु « Khabarhub

जिहादी समूहको आक्रमणमा परी ११ सिरियाली सैनिकको मृत्यु


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युद्धग्रस्त सिरियाको उत्तरपश्चिम क्षेत्रमा शनिबार जिहादी समूहले सेनाको पोस्ट नजिकै खनिएको सुरुङमा राखिएको विस्फोटक पदार्थ विस्फोट गराउँदा कम्तीमा ११ जना सिरियाली सैनिकको मृत्यु भएको छ ।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का अनुसार अन्सार अल तौहिद समूह र तुर्केस्तान इस्लामिक पार्टी (टिआइपी) का जिहादीहरु सम्मिलित उक्त आक्रमण इदलिब प्रान्तको दक्षिणमा भएको हो ।

बेलायतस्थित अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले भने, “जिहादीहरूले सेनाको पोस्टमुनि खनेको सुरुङमा विस्फोट गराए र एकैसाथ अन्य सुरुङबाट आक्रमण सुरु गरे ।”

रूसले इदलिब नजिकैको जिसर अल शुघुर क्षेत्रमा हवाई आक्रमण गरेको एक दिनपछि २० जना सैनिक घाइते भएको अब्जरभेटरीले जनाएको छ ।

आक्रमणमा संलग्न दुवै समूह जिहादी हयात तहरीर अल–शाम ९एचटीएस० समूहसँग आबद्ध छन्, जसले इदलिब प्रान्तका केही भागका साथै अलेप्पो, हामा र लाटकियाका केही भागलाई नियन्त्रण गरेको छ ।

यसैबीच, सिरियाको उत्तरी क्षेत्रमा सोमबार भएको रूसी हवाई आक्रमणमा सरकारी सेनाले गरेको बमबारीमा सात जना एचटीएस लडाकू मारिएका छन् भने अन्य १३ जना मारिएका छन् ।

इदलिब नजिकै रूसी आक्रमणमा परी दुई जना सर्वसाधारणको पनि मृत्यु भएको बताइएको छ ।

युद्ध अनुगमनकर्ता समूहहरूले शनिबारको आत्मघाती आक्रमणमा ‘दुई जिहादीले आफ्नो ज्यान लिएको’ र ‘भीषण भिडन्त जारी रहेकाले’ मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको जनाएका छन् ।

सिरियामा सरकारले शान्तिपूर्ण विरोध प्रदर्शनमाथि गरेको दमनपछि सुरू भएको सरकार र विपक्षी विचको द्वन्द्वले सन् २०११ देखि सिरिया गृहयुद्धमा फसेको थियो ।

रूसले सन् २०१५ मा राष्ट्रपति बसर अल असदको पक्षमा हस्तक्षेप गर्दै विपक्षी समूहमाथि हवाई आक्रमण गरेको थियो । रूसी आक्रमणपछि सिरियामा विपक्षी समूहहरू कमजोर बनेका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ८ : २६ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग