धरान घटनामा सबै पक्ष संवेदनशील बन्नुपर्छ : रवि लामिछाने « Khabarhub

धरान घटनामा सबै पक्ष संवेदनशील बन्नुपर्छ : रवि लामिछाने


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरानमा पछिल्लो समय विकास भएको घटनाबारे सबै पक्ष संवेदनशील बन्नुपर्ने धारणा राखे ।

कार्यक्रमका सहभागी हुन चितवन आएका लामिछानेले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सामाजिक सञ्जालमा वैमनश्यता फैलाउने प्रतिक्रिया नदिन र संवादको माध्यमबाट समस्या समाधानमा जोड दिन सबैलाई आग्रह पनि गरे। उनले कुनै पनि अतिवादलाई स्वीकार गर्न नसकिने भन्दै सबै पक्ष शान्तिपूर्ण ढङ्गले अगाडि बढ्नुपर्ने बताए ।

उनले सबैलाई सद्भाव कायम राख्न अपिल समेत गरे । सभापति लामिछानेले आमसञ्चार माध्यममा क्रियाशीलहरुलाई अझ बढी जिम्मेवार भएर लाग्न अनुरोध गरे । उनले सामाजिक सञ्जालका प्रयोगकर्ता रहेका जुनकुनै दलका समर्थक सदस्य भए पनि यस्ता घटनामा संयमित हुन र एक अर्काको धर्म, आस्था र संस्कारलाई सम्मान गर्न आग्रह गरे ।

सभापति लामिछानेले भरतपुरमा चलाइएको मोबाइल क्लिनिक र ब्लु बसको बारेमा टिप्पणी गर्दै आफूहरुले केही नयाँ परिवर्तन गर्न खोजेको धारणा राखे । उनले भने, “यसबाट भविष्यमा बहुआयामिक ढङ्गबाट सोचेर अगाडि बढ्नुपर्छ भन्ने शिक्षा प्राप्त भएको छ ।” उनले संसदीय समितिमा सत्तापक्ष र प्रतिपक्षको भागबण्डा भएको भन्दै आफूले पनि उम्मेदवारी दिन लागेको जानकारी दिए ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ९ : ४० बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु