धरान घटनामा सबै पक्ष संवेदनशील बन्नुपर्छ : रवि लामिछाने | Khabarhub Khabarhub

धरान घटनामा सबै पक्ष संवेदनशील बन्नुपर्छ : रवि लामिछाने


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरानमा पछिल्लो समय विकास भएको घटनाबारे सबै पक्ष संवेदनशील बन्नुपर्ने धारणा राखे ।

कार्यक्रमका सहभागी हुन चितवन आएका लामिछानेले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सामाजिक सञ्जालमा वैमनश्यता फैलाउने प्रतिक्रिया नदिन र संवादको माध्यमबाट समस्या समाधानमा जोड दिन सबैलाई आग्रह पनि गरे। उनले कुनै पनि अतिवादलाई स्वीकार गर्न नसकिने भन्दै सबै पक्ष शान्तिपूर्ण ढङ्गले अगाडि बढ्नुपर्ने बताए ।

उनले सबैलाई सद्भाव कायम राख्न अपिल समेत गरे । सभापति लामिछानेले आमसञ्चार माध्यममा क्रियाशीलहरुलाई अझ बढी जिम्मेवार भएर लाग्न अनुरोध गरे । उनले सामाजिक सञ्जालका प्रयोगकर्ता रहेका जुनकुनै दलका समर्थक सदस्य भए पनि यस्ता घटनामा संयमित हुन र एक अर्काको धर्म, आस्था र संस्कारलाई सम्मान गर्न आग्रह गरे ।

सभापति लामिछानेले भरतपुरमा चलाइएको मोबाइल क्लिनिक र ब्लु बसको बारेमा टिप्पणी गर्दै आफूहरुले केही नयाँ परिवर्तन गर्न खोजेको धारणा राखे । उनले भने, “यसबाट भविष्यमा बहुआयामिक ढङ्गबाट सोचेर अगाडि बढ्नुपर्छ भन्ने शिक्षा प्राप्त भएको छ ।” उनले संसदीय समितिमा सत्तापक्ष र प्रतिपक्षको भागबण्डा भएको भन्दै आफूले पनि उम्मेदवारी दिन लागेको जानकारी दिए ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ९ : ४० बजे

फोहरमैला व्यवस्थापन केन्द्रमा तालाबन्दी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ स्थित फोहरमैला व्यवस्थापन केन्द्रमा सामुदायिक

आर्यन खानको निर्देशकीय डेब्यू : शाहरुख खानको वंशजबाट नयाँ पिँढीको संकेत

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले आफ्नो पहिलो

वेम्बली ओभो एरिनामा मुखर नेपाल !

ढल्किँदै गरेको युकेको सम रयाम, अगष्ट महिनाको दोस्रो हप्ता, लण्डन

नेपालको सहमतिबिना चीन र भारतले भूमि प्रयोग गर्न खोज्नु अनुचित : शङ्कर पोखरेल

दाङ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपालको सहमतिबिना चीन र

मिथिलामा ‘कुशअमबसीया’ पर्व मनाइँदै

महोत्तरी– पूर्वीय वैदिक परम्पराका अनुयायी हिन्दू मैथिलले शनिबार ‘कुशअमबसीया’ पर्व