राप्तीसोनारीमा ‘एक वडा, एक बर्थिङ सेन्टर’ « Khabarhub

राप्तीसोनारीमा ‘एक वडा, एक बर्थिङ सेन्टर’


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको राप्तीसोनारी गाउँपालिकाले घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्न सबै वडामा प्रसुति गृह (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याउने भएको छ ।

सुत्केरी हुन सदरमुकाम नेपालगञ्ज वा अन्य छिमेकी स्थानीय तहमा पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाको नौवटै वडामा प्रसुती गृह सञ्चालनको तयारी भइरहेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए ।

‘गाउँपालिकाले सबै वडामा वर्थिङ सेन्टर सञ्चालनको नीति लिएको छ’, उनले भने, ‘आगामी आर्थिक वर्षभित्र एक वडा एक बर्थिङ सेन्टर सञ्चालन गरेर घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्ने हाम्रो उद्देश्य छ ।’

अध्यक्ष पौडेलले राप्ती सोनारी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । गाउँपालिकाले वडा नम्बर ६ कमैयाडाँडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा नवनिर्मित प्रसूति गृह भवनको उद्घाटन गरी प्रसूति सेवा सञ्चालनको तयारी गरेको छ ।

योसँगै राप्ती सोनारी गाउँपालिकाका सात वडामा प्रसुती गृह सञ्चालनमा आएका छन् । कुसुम, कचनापुर, बैजापुर, विनौना, फत्तेपुर र ढकेरीमा यसअघि नै प्रसुती गृह सञ्चालनमा आइसकेका छन् । 

अब यो आर्थिक वर्षमै वडा नम्बर ८ शमशेरगन्ज पनि प्रसुती गृह सञ्चालनमा ल्याइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिए ।  

वडा नम्बर ६ कमैयाडाँडास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रसूति गृह सञ्चालनमा आएपछि सुत्केरी हुन सदरमुकाम नेपालगञ्ज पुग्नु पर्ने बाध्यताको अन्त्यसँगै आमा र नवजात शिशु मृत्युदरमा सुधार आउने उनले विश्वास व्यक्त गरे ।

कमैयाडाँडा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अहिले तीन जना पारामेडिक्स, दुई जना नर्स, एक जना सरसफाइकर्मी र एक जना कार्यालय सहयोगी गरी ७ जना कर्मचारी कार्यरत छन् । प्रसुती गृह सञ्चालन पछि भने जनशक्तिको अभाव हुने अनमि तिलसरी घर्तीले बताइन् ।

२६ लाख २४ हजार ९ सय ५८ मा प्रसुती गृह भवन निर्माण सम्पन्न भएको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष लवराज खरेलले जानकारी दिए । 

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  १० : ४४ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने