परम्परागत 'भोदी खेल' संरक्षणमा जुट्दै थारू समुदाय | Khabarhub Khabarhub

परम्परागत ‘भोदी खेल’ संरक्षणमा जुट्दै थारू समुदाय


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)का थारू समुदाय परम्परागत भोदी खेल संरक्षणमा जुटेका छन् । यसका लागि जिल्लामा प्रतियोगिता समेत सञ्चालन गरिएको छ ।

श्रीथान कुमारवर्ती गुठीका उपाध्यक्ष पतिराम थनेतले अनत पर्वका अवसरमा थारू समुदायले खेल्ने भोदी खेल संरक्षणका लागि थारू युवा समूहबीच प्रतियोगिता सञ्चालन गरिएको बताए । 

‘भोदी खेलमा एक समूहमा दश जना हुने गर्दछन्, भुइँमा नौवटा लठ्ठी गाडेर राखिन्छ, पालैपालो हानेर लठ्ठी निकाल्ने गरिन्छ, जुन समूहले सबै लठ्ठी निकाल्न सक्छ त्यो समूह नै विजयी घोषित हुन्छ’ उनले भने ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)सहित तराई क्षेत्रका थारू समुदायले अनत पर्वलाई सहकालका देवता इन्द्रको पूजा गरी मनाउने गर्दछन् । 

अनतका अवसरमा इन्द्रलाई पूजा गरी खुसी  बनाए वर्षा राम्रोसँग हुने र अन्नबाली राम्रा फल्ने जनविश्वासका आधारमा विभिन्न धार्मिक कार्य गरिने थनेतले बताए ।

इन्द्रलाई खुसी बनाउन पिङ खेल्ने, भोदी खेल्ने परम्परा रहिआएको छ । भोदी खेल थारू समुदायको बाक्लो बस्ती भएको गाउँमा समूह बनाएर खेल्ने पुरानो परम्परा भए पनि पछिल्ला वर्षमा यो परम्परा हराउँदै गएको उनको भनाइ छ । 

अनतका अवसरमा अन्नबालीलाई आवश्यक पानी पारिदिन इन्द्र भगवानको उपासनासँगै भोदी खेल खेल्ने प्रचलन जिल्लामा विसं २०५२ देखि सुरु गरिएको उपाध्यक्ष थनेतले बताए । उनले भने, ‘लोप हुने अवस्थाको यस खेलको संरक्षण गर्दा थारूको कला संस्कृति र परम्परासमेत उजागर भएको छ ।’

थारू समुदायको पहिचान बोकेको विभिन्न चाडपर्वमध्ये अनन्त चतुर्दशी पर्वलाई पनि थारू समुदायले विशेष महत्वका साथ मनाउने गर्दछन् । यस पर्व ठाउँ र परिवेशअनुसार फरक तरिकाले मनाउने गरिएको थारू अगुवा चिन्तामणि महतोले बताए ।

‘यहाँका थारूहरूले व्रत बसी पूजा गर्ने गर्दछन्, यसै दिन व्रत बसेर लट्ठीले हानेर खेलिने मौलिक खेललाई नै भोदी खेल भनिन्छ’, उनले भने, ‘भाद्र चतुर्दशीमा मनाइने अनत पर्व विसं १८२५ देखि मनाउन सुरु गरिएको हो ।’

भोदी खेल धार्मिक र ऐतिहासिक महत्व बोकेको हुँदा थारू समुदायका अगुवाले यसको संरक्षणका लागि हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको महतोले बताए । यसबाट नयाँ पुस्तालाई खेलको महत्व बुझाउन र सिकाउन सहज भएको उनको भनाइ छ । 

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  १० : ५९ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः