काठमाडौँ महानगरकी उपमेयर डंगोलले भेटिन् ईःलाई | Khabarhub Khabarhub

काठमाडौँ महानगरकी उपमेयर डंगोलले भेटिन् ईःलाई


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले एकसाता अघिदेखि उभिरहेका अभियन्ता ईःलाई भेटेकी छन् । आज बिहान राष्ट्रिय सभागृह अगाडि पुगेर उनले ईः लगायतका अभियन्तालाई भेटेकी हुन् । 

फुटपाथ व्यवसायीलाई अमानवीय तरिकाले हटाइएको विरोधमा अभियन्ता ईः लगायत गत मंगलबारदेखि राष्ट्रिय सभागृह अगाडि उभिएर विरोध जनाइरहेका छन् । 

अभियन्तालाई भेटेर उपमेयर डंगोलले फुटपाथबाट विस्थापित भएकाहरूलाई वैकल्पिक व्यवस्थासम्बन्धी नीति बनाउन प्रतिवद्ध रहेको बताइन् ।

उपमेयर डंगोलले अभियन्ता ईः को स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएकी थिइन् । लामो समयदेखि उभिएर विरोध जनाइरहेको ईः को गोडा सुनिएको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले अभियन्ता ईःसँग आफूले वार्ता गर्न खोजेको तर नमानेको बताएका थिए। अभियन्ता ईःले भने मेयर बालेन नआएको तर पार्किङमा वार्तामा बस्न नगरप्रहरी खटाएको बताएका छन् ।

काठमाडौँ महानगरपालिकाले वैकल्पिक व्यवस्था विना नै फुटपाथ व्यवसायीहरूलाई हटाएको विरोधमा अभियन्ता ईः राष्ट्रिय सभागृह अगाडि उभिएर विरोध जनाइरहेका छन् । 

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ११ : २७ बजे

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच