काठमाडौँ महानगरकी उपमेयर डंगोलले भेटिन् ईःलाई « Khabarhub

काठमाडौँ महानगरकी उपमेयर डंगोलले भेटिन् ईःलाई


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले एकसाता अघिदेखि उभिरहेका अभियन्ता ईःलाई भेटेकी छन् । आज बिहान राष्ट्रिय सभागृह अगाडि पुगेर उनले ईः लगायतका अभियन्तालाई भेटेकी हुन् । 

फुटपाथ व्यवसायीलाई अमानवीय तरिकाले हटाइएको विरोधमा अभियन्ता ईः लगायत गत मंगलबारदेखि राष्ट्रिय सभागृह अगाडि उभिएर विरोध जनाइरहेका छन् । 

अभियन्तालाई भेटेर उपमेयर डंगोलले फुटपाथबाट विस्थापित भएकाहरूलाई वैकल्पिक व्यवस्थासम्बन्धी नीति बनाउन प्रतिवद्ध रहेको बताइन् ।

उपमेयर डंगोलले अभियन्ता ईः को स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएकी थिइन् । लामो समयदेखि उभिएर विरोध जनाइरहेको ईः को गोडा सुनिएको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले अभियन्ता ईःसँग आफूले वार्ता गर्न खोजेको तर नमानेको बताएका थिए। अभियन्ता ईःले भने मेयर बालेन नआएको तर पार्किङमा वार्तामा बस्न नगरप्रहरी खटाएको बताएका छन् ।

काठमाडौँ महानगरपालिकाले वैकल्पिक व्यवस्था विना नै फुटपाथ व्यवसायीहरूलाई हटाएको विरोधमा अभियन्ता ईः राष्ट्रिय सभागृह अगाडि उभिएर विरोध जनाइरहेका छन् । 

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ११ : २७ बजे

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,

कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न सहमहामन्त्री संग्रौलाको माग

विराटनगर– नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डीला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र