ब्रेकिङ स्टोरी

एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र जारी

By खबरहब

September 26, 2023

काठमाडौँ– नेकपा एमाले बाग्मती प्रदेशको पहिलो अधिवेशनको बन्दसत्र जारी रहेको छ । हिजो भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा उद्घाटन भएको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ ।

बन्दसत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरिएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ ।

अधिवेशनमा बागमती प्रदेश अन्तर्गत १३ जिल्लाबाट झण्डै १२ सय प्रतिनिधि सहभागी भएका छन् । अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय समिति चयन गर्नेछ ।

बागमती प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्ण दाहाल, कृष्णभक्त पोखरेल, केशवराज पाण्डे, सानु श्रेष्ठलगायत नेता आकांक्षी छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो भृकुटीमण्डपमा ड्रोन उडाएर अधिवेशनको उद्घाटन गरेका थिए ।