पुष्पा र अञ्जलीलाई पठाइयो कोशी टप्पु « Khabarhub

पुष्पा र अञ्जलीलाई पठाइयो कोशी टप्पु


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जबाट दुईवटा गैँडा पुष्पा र अञ्जली आज कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइएको छ । दुई गैँडालाई छुट्टाछुट्टै खोरमा राखेर कोशी पठाइएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार आज बिहान ११ः३० बजे ती गैँडा खोरमा राखेर कोशी पठाइएको हो । गैँडालाई लिएर निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनको नेतृत्वमा भेटेरिनरी चिकित्सकसहितको टोली कोशी गएको छ । वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठको नेतृत्वमा भेटेरिनरी चिकित्सकको टोलीसमेत गैँडासँगै कोशी गएको छ ।

कोशीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैँडा लगिएको हो । विभागका तत्कालीन उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले त्यस विषयमा विस्तृत अध्ययन गरेपछि प्रतिवेदन बुझाएको थियो ।

सुरुमा यहाँबाट लगिएका गैँडालाई खुल्ला खोरमा केही समय राखेपछि प्रकृतिमा छाडिने छ । कोशीको पथरी सेक्टर कार्यालय नजिकै आरक्ष सुरक्षार्थ सेनाको पोष्टनजिक गैँडा राखिँदैछ । प्रकृतिमा छाड्ने समयमा गैँडा थप गरिने छ ।

केही वर्षअघि उक्त निकुञ्जमा १३ वटा अर्ना ल्याइएको थियो । तत्कालीन समयमा स्थानीयवासीले चितवनबाट आरक्षमा गैँडा ल्याउनुपर्ने माग गरेका थिए । सोहीअनुसार विभागले प्राविधिक समिति बनाएर अध्ययन थालिएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले उद्धार गरेर सौराहामा हुर्काएपछि गत वैशाख ३१ गते निकुञ्जको लामीताल क्षेत्रमा छाडिएका दुईवटा गैँडा कोशी पठाइएको बताए । ती दुवै पोथी गैँडा हुन् । ती गैँडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुटिएर अनाथ हुन पुगेको अवस्थामा अन्दाजी दुई र एक महिना उमेरमा उद्धार गरिएको थियो । तिनीहरुलाई पुष्पा र अञ्जली नामाकरण गरिएको छ । अहिले पुष्पा तीन वर्ष नौ महिना र अञ्जली दुई वर्ष छ महिनाका छन् । ती गैँडाले अहिले पनि मानव बस्तीमा आएर दुःख दिने गरेकाले पठाइएको हो ।

पछिल्लो गणनाअनुसार निकुञ्जमा छ सय ९४ गैँडा रहेको तथ्यांक छ । पछिल्लो गणनाका क्रममा यी गैँडा उद्धार गरेर ल्याइएकाले तथ्याङ्कमा समावेश गरिएको छैन । पछिल्लो गणनाअनुसार देशभर सात सय ५२ गैँडा रहेका छन् । हाल पठाउन लागिएका गैँडा हुर्किएपछि थप भाले पनि पठाएर प्रकृतिमा छोड्ने योजना बनाइएको छ । निकुञ्जबाट यसअघि बर्दिया, शुक्लाफाँटा र विदेशीलाई उपहारमा समेत गैँडा पठाइएको थियो । यस निकुञ्जबाट सन् १९८६ देखि गैँडा स्थानान्तरण गर्न थालिएको हो । सुरुआतमा तीन भाले र एक पोथी गैँडा पठाइएको थियो । सोही वर्ष डिसेम्बरमा पाँच भाले र चार पोथी गैँडा बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । 

उनका अनुसार सन् १९९१ मा २५, सन् १९९९ मा चार गैँडा बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको थियो । यस्तै सन् २००० मा २० वटा गैँडामध्ये १६ वटा बर्दिया राष्ट्रिय निकुञ्ज र चारवटा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पठाइएको थियो । सन् २००१ मा पाँच, सन् २००२ मा दस, सन् २००३ मा दस, सन् २०१६ मा पाँचवटा गैँडा बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइएको थियो । 

यस्तै सन् २०१७ मा पाँचवटा शुक्लाफाँटा र तीनवटा बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको निकुञ्जको तथ्यांकमा उल्लेख छ । पठाइएकामध्ये ४५ भाले र ५५ वटा पोथी गैँडा थिए । 

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  २ : ०८ बजे

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु