जनकपुरधाममा अधिकांश मासु पसल मापदण्डविपरीत | Khabarhub Khabarhub

जनकपुरधाममा अधिकांश मासु पसल मापदण्डविपरीत


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- जनकपुरधामका अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाको अगुवाइमा आजदेखि सुरु भएको अनुगमनका क्रममा जनकपुरधामस्थित रेल्वे स्टेशन क्षेत्रमा रहेका मासु पसलको अवस्थाबारे जानकारी लिइएको थियो ।

केन्द्रका प्रमुख डा सञ्जीवकुमार ठाकुरले अनुगमनका क्रममा अधिकांश पसलहरु दर्ता बिना सञ्चालनमा रहेको पाइएको बताए । उनले मासु जाँचसम्बन्धी ऐन नियमअनुसार न्यूनतम मापदण्डसमेत पालना नगरेको र गुणस्तरहीन मासुसमेत भेटिएको बताए । “धनुषाको मासु बजारका समस्याका विषयमा सञ्चारमाध्यममा समेत समाचार आएपछि अनुगमन गरेका हौँ”, उनले भने, “जसमा अधिकांश व्यवासायीले न्यूनतम मापदण्ड पनि पालना नगरेको पायौँ, केहीलाई नियन्त्रणमा लिएका छौँ भने केहीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छौँ ।”

अनुगमनका क्रममा करिब ३० केजी दुषित मासु नष्ट गरिएको छ । पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनुषामा कार्यरत डा राकेश मोहन सिंहले नियन्त्रणमा लिइएका मासु परीक्षणका लागि नमूना प्रयोगशालामा पठाइएको बताए । घरेलु तथा साना उद्योग कार्यालय धनुषाका सूचना अधिकारी मनोजकुमार कर्णले अनुगमन गरिएका पसलमध्ये अधिकांश दर्ताबिना सञ्चालन भइरहेको पाइएको बताए ।

उनले ज्यूँदो कुखुरा बेच्ने अनुमति लिए पनि मासु काटेर बेच्ने गरेको, मासु र अण्डा एकै ठाउँमा राखेर बिक्री गरिरहेको पाइएपछि दर्ता गरी मापदण्ड अनुसार सञ्चालन गर्न निर्देशन दिएको बताए । पशुसेवा विज्ञ केन्द्र प्रमुख डा ठाकुरले पहिलो चरणमा जनकपुर बजार क्षेत्रमा र त्यसपछि अन्य स्थानमा अनुगमन गरिने बताए ।

अनुगमनमा मासु पसल, भेटेरेनरी र डेरीको अनुगमन गरिने उनको भनाइ छ । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय धनुषासहित सरोकारवालाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ४ : ०१ बजे

जेन-जी प्रदर्शन अराजक बन्दा सार्वजनिक संरचनामा दुई खर्ब भन्दा बढी क्षति

काठमाडौँ – सोमबार र मङ्गलबार चर्किएको जेन-जी आन्दोलन क्रममा देशभर

आजका समाचार : सरकार निर्माणको खेलमा दुर्गा प्रसाईँ पनि, जेन-जीलाई प्रचण्डको १० बुँदे अपिल र सडकमा आए ठूला दलका विद्यार्थी नेता

शान्तिपूर्ण निकासका लागि जेनजीलाई प्रचण्डको १० बुँदे अपिलनेकपा (माओवादी केन्द्र)का

शेयर कारोबार केही समयका लागि बन्द गर्न ५ संगठन माग 

काठमाडौं– पुँजी बजारका विभिन्न ५ संगठनले राजनीतिक अवस्था स्थिर नहुँदासम्म

सङ्खुवासभामा शुक्रबार बिहानसम्म कर्फ्यु

खाँदबारी– जेन–जी आन्दोलनसँगै उत्पन्न सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी जिल्ला प्रशासन

बालेनसँग आक्रोशित हर्क : संकट पर्दा लुकेर मैदानमा नउत्रिएको आरोप

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर