नेपाल चाइना चेम्बर र उसी सीसीपीआईटीबीच सहकार्य गर्ने सहमति « Khabarhub

नेपाल चाइना चेम्बर र उसी सीसीपीआईटीबीच सहकार्य गर्ने सहमति


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर) र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को उसी शाखाबीच पर्यटन तथा औद्योगिक क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै चीन भ्रमणमा रहेको नेपाल चाइना चेम्बरको प्रतिनिधिमण्डलले उसी–सीसीपीआईटीसँग सहकार्यको सम्झौता गरेको हो । चीनको पुरानो औद्योगिक सहर उसीलाई औद्योगिक हब मानिन्छ ।

नेपाल चाइना चेम्बरका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ र उसी सीसीपीआईटीका उपाध्यक्ष वाङ सिसोङले मंगलबार आयोजित एक समारोहमा सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । उसी पूर्वी चीनको सांघाई नजिकैको सहर हो । जुन चीनको सबैभन्दा ठूलो ताजा पानीको तालहरू मध्ये एक, ताइहुको किनारमा अवस्थित छ भने यहाँ रहेको लिङ्शान पार्कमा ८० मिटर अग्लो भव्य बुद्ध मूर्ति पनि छ ।

बुद्ध जन्मस्थल लुम्बिनीप्रति उसी क्षेत्रका चिनियाँ नागरिकको रुचि रहेको र सो क्षेत्रबाट नेपालमा ठूलो संख्यामा पर्यटक ल्याउन सकिने नेपाल चीन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार उसी सीसीपीआईटीसँग भएको सम्झौताअनुसार नेपाली व्यवसायीले त्यहाँ हुने व्यापार मेलामा सहभागी हुन पाउनेछन् भने नेपालको पर्यटन क्षेत्रको विकासमा त्यहाँका व्यवसायीले लगानी गर्नेछन् ।

यस्तै, व्यवसायीहरुबीच द्विपक्षीय भ्रमण तथा व्यापार एवं लगानी सम्भाव्यताका लागि सहकार्य गरिने सहमतिपत्रमा उल्लेख छ । कृषि क्षेत्रमा उसीको अनुभव तथा प्रविधि नेपालमा भित्र्याएर कृषिजन्य वस्तुको निकासीमा योगदान पु¥याउन सहकार्य गरिने सहमतिमा जनाइएको छ ।

निवर्तमान अध्यक्ष श्रेष्ठका अनुसार उसी क्षेत्रको औद्योगिक आर्थिक विकासको अनुभव नेपालका लागि उपयोगी हुने र नेपालमा ठूलो संख्यामा पर्यटक भित्र्याउन सहयोग पुग्ने उद्देश्यले यो सहमति गरिएको हो ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ४ : ३९ बजे

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण