विभिन्न समुदायको उन्नयनका लागि सरकार दत्तचित्त छ : कार्यवाहक प्रधानमन्त्री खड्का « Khabarhub

विभिन्न समुदायको उन्नयनका लागि सरकार दत्तचित्त छ : कार्यवाहक प्रधानमन्त्री खड्का


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले विभिन्न जातजाति, भाषाभाषी, वर्ग, क्षेत्र, लिङ्ग र समुदायको आर्थिक, सामजिक र सांस्कृतिक उन्नयनको लागि सरकार दत्तचित्त रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा दिव्य शताब्दी पुरुष डा. गौरीशंकर लाल दास जन्मशताब्दी वर्ष २०८० अभिनन्दन समारोहलाई सम्बोधन गर्दै खड्काले राष्ट्रको विविधतालाई स्वीकार गर्दै मुलुकमा छरिएर रहेका विभिन्न जातजाति, भाषाभाषी, वर्ग, क्षेत्र, लिङ्ग र समुदायको आर्थिक, सामजिक र सांस्कृतिक उन्नयनको लागिसरकार दत्तचित्त रहेको बताएका हुन् । उनले लोककल्याणकारी कार्यमार्फत देश, जनता र समाजको हितका लागि अमूल्य, अतुलनीय र अविष्मरणीय योगदान दिएका विशिष्ट व्यक्तिहरुलाई सरकारले सदैव सम्मान गर्ने बताए ।

देश, जनता र समाजको सर्वाङ्गीण विकासका लागि योगदान पु¥याउने अग्रणी व्यक्तित्वहरुलाई सम्मान गर्न सरकार सदैव तत्पर रहेको उनले बताए । उनले डा. गौरीशंकर लाल दासलाई सरकार आवश्यक सेवा सुविधा दिने गरी सरकारले छिट्टै आवश्यक निर्णय गर्ने जानकारी दिए ।

नेपालको चिकित्सा सेवा, नेपाल रेडक्रस सोसाइटी, मानवअधिकार, समाजसेवा, व्यावस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा मुलुकलाई अतुलनीय योगदान पु¥याएको जनाउँदै डा. गौरीशंकर लाल दासलाई नागरिकस्तरबाट अभिनन्दन गरिएको हो । सोही अवसरमा डा. दासले विभिन्न कालखण्डमा लेखेका लेख रचनाको संगालो पुस्तक पनि विमोचन गरिएको थियो । वरिष्ठ छातीरोग विशेषज्ञ डा. दास हाल एक सय वर्षको उमेरमा पनि सामाजिक अभियन्ताको क्षेत्रमा सक्रिय छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ६ : ५५ बजे

हर्कको छलाङ : असोजमा खोलेको ‘श्रम संस्कृति’ पाँच महिनामै राष्ट्रिय दल

काठमाडौं- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गत असोज १२ गते

लहानका डेन्टल क्लिनिक : चिकित्सकको नाम बोर्डमा, गैरचिकित्सकबाट उपचार

सिरहा– यहाँको लहानस्थित विभिन्न डेन्टल क्लिनिकहरूमा नेपाल मेडिकल काउन्सिलले बुधबार

एमएडब्ल्यू अर्थमुभर्सले ल्यायो जेसीबी थ्रिडीएक्स सुपरका लागि ‘बाइ ब्याक ग्यारेन्टी’ योजना

काठमाडौं– नेपालमा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्स अर्थमुभर्सले

दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप

काठमाडौंं– पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप करिब

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौं– नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’ (विशेष