अर्थतन्त्रमा सुधार भएको भनेर सरकारले जनतालाई ढाँट्यो : अध्यक्ष ओली « Khabarhub

अर्थतन्त्रमा सुधार भएको भनेर सरकारले जनतालाई ढाँट्यो : अध्यक्ष ओली


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधार भएको भनेर सरकारले जनतालाई ढाँटिरहेको बताएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले कार्यक्रममा ओलीले देशको अर्थतन्त्र नाजुक अवस्थामा पुग्दा पनि सुधार भएको भनेर सरकारले जनतालाई ढाँटिरहेको बताएका हुन् ।

कोरोनापछि विश्वकै अर्थतन्त्र सुधार भएपनि नेपालको अर्थतन्त्र झन ओरालो लाग्नु चिन्ताको विषय भएको उनले बताए । उनले अर्थतन्त्रमा देखिएको असर व्यवसायीहरुमाथि देखिँदा पनि व्यवसायीहरुको समस्यामा सरकारले कुनै चासो नदेखिएको जिकिर गरे ।

मुलुकको अर्थव्यवस्थालाई ओरालोतर्फ धकेल्ने गरी बजेट ल्याउँदा केही व्यवसायीले निकै राम्रो भनेर बजेटमाथि दिएको प्रतिक्रिया सुन्दा आफुलाई आश्चर्य लागेको उनले बताए ।

अध्यक्ष ओलीले मुलुकमा धेरै समस्या आउदा पनि सरकार विभिन्न प्रकरण चलाउदै कमिशनको चक्करमा लागेको आरोप लगाए ।

ओलीले व्यवसायीहरुको समस्याका बारेमा आफूले राष्ट्र बैंकलगायत सरोकारवाला निकायसँग छलफल गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ७ : ०० बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको