चिकित्सकमाथि सांघातिक आक्रमण भएको भन्दै चिकित्सक संघद्वारा भर्त्सना « Khabarhub

चिकित्सकमाथि सांघातिक आक्रमण भएको भन्दै चिकित्सक संघद्वारा भर्त्सना


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि  सुनियोजित रुपमा सांघातिक आक्रमण भएको भन्दै नेपाल चिकित्सक संघले भर्त्सना  गरेको छ ।

संघले आज जारी गरेको विज्ञप्तिमा स्वास्थ्यजस्तो संवेदनशिल क्षेत्रलाई आतङ्कित पारी शान्तिपूर्ण वातावरणमा स्वास्थ्य सेवा प्रवाहमा खलल पुर्‍याइएको तथा अस्पताल नै तोडफोड गरिएका घटनाले स्तब्ध बनाएको जनाइएको छ  ।

हेटौँडामा भएको घटनाका विषयमा सरकारसमक्ष गरिएको सम्झौताको हप्ता दिन नहुँदै देशका विभिन्न स्थानमा चिकित्सकहरूलाई लक्षित गरी सांघातिक आक्रमण गरेर गम्भीर घाइते बनाउने तथा स्वास्थ्य संस्थामा अस्वाभाविक, अनियन्त्रित हुलहुज्जत र गुण्डागर्दीले नेपालको स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुर्‍याएको संघको भनाइ छ ।

यस्ता सांघातिक आक्रमणमा संलग्न दोषीहरूलाई कानूनी कारवाही नगरिनु, सुरक्षाकर्मीहरुको भूमिका शंकास्पद हुनु तथा समग्र स्वास्थ्यकर्मीहरु अत्यन्तै असुरक्षित र भयभीत भइरहेको विद्यमान अवस्थामा नियमित स्वास्थ्य सेवा प्रवाह गर्न सक्ने वातावरण नभएको संघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

संघले भावी दिनमा अवलम्बन गर्नुपर्ने रणनीतिक भूमिकाका लागि भोलि १ बजे नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालयमा अस्पतालका निर्देशकहरु, संघका पूर्व पदाधिकारीहरु, परिषद्का सदस्य, विभिन्न विशेषज्ञ सोसाइटीका पदाधिकारीहरु, संघका शाखा कार्यालयका अध्यक्ष एवं सचिवहरु, रेजिडण्ट एशोसियसनका पदाधिकारीहरुको विस्तारित बैठक बोलाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ७ : ०५ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको