दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा प्रधानमन्त्री प्रचण्ड र युआनबीच भेटवार्ता, चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध कडा कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ, शुक्रबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक सर्‍यो, शिक्षा विधेयकबारे कांग्रेसद्वारा सरोकारवालासँग छलफल, सार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श, ईःको समर्थनमा राप्रपा नेपालका अध्यक्ष थापाको ऐक्यबद्धता, अर्थमन्त्री महतद्वारा सहुलियतपूर्ण वित्तीय सहायता आह्वानलगायतका समाचारले प्रमुख स्थान पाए ।

ओलीको टिप्पणी- सरकारले ड्राइभर र भरिया पक्राउ गर्‍यो, सुन तस्कर मुस्कुराइरहेको छ
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा सरकारले ड्राइभर र भरिया पक्राउ गरेको बताएका छन् ।

आज नेपाल उद्योग तथा व्यवसायी महासंघको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वास्तविक तस्कर मुस्कुराइ रहेको बताएका हुन् ।

ललिता निवास प्रकरणमा नेपाल र भट्टराईविरुद्ध किन मुद्दा दर्ता नगरेको ? : सर्वोच्च
सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता नगर्नुको कारणबारे सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासले ललिता निवास प्रकरणमा सरकारका नाममा लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

प्रधानमन्त्री प्रचण्ड र युआनबीच भेटवार्ता
चीनको एक हप्ते औपचारिक भ्रमणको क्रममा दक्षिण पश्चिम शहर छोङछिङमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टी सिपिसीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको छिङछोङ महानगरपालिका सचिव युआन चियाचुनले छोङछिङ शहरमा भेटवार्ता गरेका छन् ।

सार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक सञ्चार माध्यमलाई जनताप्रति जवाफदेही र उत्तरदायी तुल्याउन सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाइएको बताएकी छन् ।

ईःको समर्थनमा राप्रपा नेपालका अध्यक्ष कमल थापाको ऐक्यबद्धता
काठमाडौं महानगरसँग जवाफदेहीताको माग गर्दै विगत आठ दिनदेखि लगातार उभिइरहेका सामाजिक अभियन्ता ईःको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ऐक्यबद्धता जनाएका छन् ।

अर्थमन्त्री महतद्वारा सहुलियतपूर्ण वित्तीय सहायता आह्वान

अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालजस्ता अल्पविकसित मुलुकको विकासका लागि सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान गरेका छन् ।

‘सम्भावनाअनुसार आयुर्वेद पद्धतिको विकास हुन सकेन’

स्वास्थमन्त्री मोहनबहादुर बस्नेतले प्रकृतिले प्रचुर सम्भावना दिए पनि देशमा त्यसअनुरुपको आयुर्वेदिक चिकित्सा पद्धति विकास हुन नसकेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय परिसरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको आयोजनामा आजदेखि सुरु भएको पञ्चकर्म चिकित्सासम्बन्धी आधारभूत तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले आयुर्वेदको विकास गर्नका लागि ठोस कार्ययोजना ल्याउनुपर्ने बताए ।

चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध कडा कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गृह मन्त्रालयमा आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक सङ्घलगायत स्वास्थ्यकर्मीसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिसँगको छलफलमा उनले स्वास्थ्यकर्मीलाई दुर्व्यवहार र कुटपिट हुन नदिइने प्रतिबद्धता व्यक्त गरे ।

शुक्रबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक सर्‍यो
आउँदो शुक्रबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक सारिएको छ । १२ असोज शुक्रबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको राष्ट्रिय सभा बैठक एक सातापछि बस्नेगरी सारिएको छ ।

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष फेरिए
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष परिवर्तन गरेको छ । तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टले नियुक्त गरेका मोहन देव विष्टलाई हटाएर प्रदेश सरकारले अनुपकुमार उपाध्यायलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

विभिन्न समुदायको उन्नयनका लागि सरकार दत्तचित्त छ’ 
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले विभिन्न जातजाति, भाषाभाषी, वर्ग, क्षेत्र, लिङ्ग र समुदायको आर्थिक, सामजिक र सांस्कृतिक उन्नयनको लागि सरकार दत्तचित्त रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा दिव्य शताब्दी पुरुष डा। गौरीशंकर लाल दास जन्मशताब्दी वर्ष २०८० अभिनन्दन समारोहलाई सम्बोधन गर्दै खड्काले राष्ट्रको विविधतालाई स्वीकार गर्दै मुलुकमा छरिएर रहेका विभिन्न जातजाति, भाषाभाषी, वर्ग, क्षेत्र, लिङ्ग र समुदायको आर्थिक, सामजिक र सांस्कृतिक उन्नयनको लागिसरकार दत्तचित्त रहेको बताएका हुन् ।

शिक्षा विधेयकबारे कांग्रेसद्वारा सरोकारवालासँग छलफल

नेपाली कांग्रेसको संसदीय दलले प्रतिनिधिसभा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक र शिक्षकसँगको सहमतिलगायतका विषयमा सरोकार भएका पक्षसँग छलफल गरेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ९ : ०१ बजे

प्रतिनिधि सभा बैठक सुरु, कांग्रेसको नाराबाजी

काठमाडौं- प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक सुरु

प्रधानमन्त्रीले विश्वासको मत लिँदा संसद अवरोध नहोस् : सभामुख

काठमाडौं– सभामुख देवराज घिमिरेले संसद अवरोध नगर्न विपक्षी दलहरुलाई अनुरोध

संसदीय छानविन समिति बटमलाइन : कांग्रेस

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि विपक्षीहरूसँग रणनीति बनाउँदै कांग्रेस

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिपक्षमा रहेका दलहरूलाई फेरि छलफलका