गोप्य कागजात मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको हिरासत समय थप लम्बाइयो « Khabarhub

गोप्य कागजात मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको हिरासत समय थप लम्बाइयो


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तान तेहरीक–ए–इन्साफ पीटीआईका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री इमरान खान र उपाध्यक्ष शाह महमुद कुरेशीलाई विशेष अदालतले मङ्गलबार थप १४ दिनका लागि न्यायिक हिरासतमा राख्ने अनुमति दिएको छ ।

एक कूटनीतिक दस्तावेज उल्लेख गरिएको गोप्य कागजात इमरान खानले लुकाएको भन्दै उनीविद्ध मुद्दा दर्ता भएको छ ।

विशेष अदालतबाट जारी एक सूचनामा भनिएको छ, “खान र कुरेशीको न्यायिक हिरासत १० अक्टोबरसम्म लम्ब्याइएको छ ।”

तोशाखाना प्रकरणको तीन वर्षको जेल सजाय निलम्बित भएपछि पीटीआईका अध्यक्षलाई कुटनीतिक दस्तावेज प्रकरणमा न्यायिक हिरासतमा राखिएको पाकिस्तानी अङ्ग्रेजी पत्रिका ‘डन’ ले जनाएको छ ।

इमरानको विशेष अदालती कारबाही ‘सुरक्षाको कारण देखाउँदै’ अट्टक जेलमा भइरहेको कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ७ : ३९ बजे

रिपोर्ट भन्छ : इरानविरुद्ध अमेरिकी सैन्य कारबाही टुङ्गियो

वासिङ्टन- अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध २८ फेब्रुअरीमा सुरू भएको

बौद्धमा शान्ति र्‍यालीसहित मनाइयो २५७० औँ बुद्ध जयन्ती (तस्बिरहरू)

काठमाडौं– शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज

विदेशी नागरिकता लिएका १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विभिन्न देशको नागरिकता लिएर नेपाली नागरिकता

शुक्रबार बल्खु र वंशीघाटमा ६८६ संरचना हटाइँदै

काठमाडौं– बागमती नदी र त्यसका सहायक नदी किनारमा रहेका अत्यन्त

आज ओपीडी सेवा बन्द नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन 

काठमाडौं– लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण स्वास्थ्य सेवा