आज ओपीडी सेवा बन्द नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन  « Khabarhub

आज ओपीडी सेवा बन्द नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन 


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण स्वास्थ्य सेवा प्रभावित हुन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी अस्पतालमा आज शुक्रबार ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले २०८३ साल वैशाख १७ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार वैशाख १८, १९ र २० गते सार्वजनिक बिदा परेकाले बहिरङ्ग (ओपिडी) सेवा प्रभावित भई सेवाग्राहीलाई असुविधा हुन सक्ने अवस्था देखिएको भन्दै १८ गते ओपिडी सञ्चालन गर्ने विज्ञप्ति जारी गरेको हो ।

मन्त्रालयले सेवाग्राहीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वैशाख आज देशभरका सबै सरकारी अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न सम्बन्धित अस्पताल प्रशासनलाई अनुरोध गरेको हो ।

मन्त्रालयका सह(प्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार बिदाका कारण सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ११ : ०९ बजे

प्रश्नबाट भाग्दैनौं, रचनात्मक रूपमा सामना गर्छौं : रवि लामिछाने

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले परिस्थितिले

प्रयाङ्क नाममा मधेशी युवकमाथि दुर्व्यवहार, दुई पक्राउ

काठमाडाैं – प्रयाङ्क भिडियो बनाउने बहानामा एक युवकमाथि दुर्व्यवहार गरेको

रवि लामिछानेले लिए रास्वपा सभापतिको सपथ (तस्बिरहरू)

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा