गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण बढ्यो « Khabarhub

गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण बढ्यो


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

तनहुँ – विगत केही समयदेखि दमौलीमा डेङ्गुका बिरामी बढेपछि गण्डकी प्रदेश सरकारले पाँच स्वास्थ्यकर्मी दमौली अस्पताललाई उपलब्ध गराउने भएको छ ।

दमौली अस्पतालमा डेङ्गुसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी उपचारका लागि आउने गरेको र अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएपछि प्रदेश सरकारले पाँच जना स्वास्थ्यकर्मी परिचालन गरेको हो ।

प्रदेश सरकारबाट एक जना एमडिजिपी चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मी दमौली अस्पतालमा उपलब्ध गराउन लागिएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए। उनले भने , “प्रदेश सरकारका अतिरिक्त सङ्घीय सरकारबाट पनि चिकित्सकको टोली आउने कुरा भएको छ । डेङ्गु नियन्त्रणका लागि सङ्घ, प्रदेश सरकार, जनप्रतिनिधि गम्भीर भएर लागेको र सोहीअनुसार प्रतिबद्धता आएको छ ।”

डा बरालका अनुसार सोमबारसम्म अस्पतालमा छ सय ४६ जनाको परीक्षण गरिएकामा चार सय ३६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । ज्वरो आएर अस्पताल आउनेको सङ्ख्या बढेको बताउँदै उहाँले सोमबार राति मात्रै ४२ जना इमर्जेन्सीमा भर्ना भएको जानकारी दिए । उनले भने, “उहाँहरू आज बिहानै डिस्चार्ज भइसक्नुभएको छ । अस्पतालमा बिहानको समयमा भीड हुने गरेको छ । जनचेतनाका कारण ज्वरो आउने बित्तिकै बिरामी अस्पताल आउन थाल्नुभएको छ । यो सकारात्मक पक्ष हो ।”

जिपीमा दश शय्याको डेङ्गु उपचार कक्ष

शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले दश शय्याको डेङ्गु उपचार कक्ष बनाएको छ । डेङ्गु सङ्क्रमितको सहजरूपमा उपचारका लागि अस्पतालले दश शय्याको छुट्टै कक्ष बनाएको हो ।

केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठका अनुसार हालसम्म तीन सय १८ जनाको परीक्षण गरिएकामा ४३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । आज छ जना बिरामी कक्षमा भर्ना छन् । गम्भीर अवस्थाका बिरामीलाई मात्रै अस्पतालमा भर्ना गर्ने गरिएको उनले जानकारी दिए ।

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले डेङ्गु नियन्त्रणका लागि सचेतनाका कार्यक्रम अगाडि बढाइए पनि न्यूनीकरण हुन नसकेको बताए । उनका अनुसार आजसम्म जिल्लाभर एक हजार नौ सय ९४ जनामा डेङ्गु सङ्क्रमण भएको छ । त्यसमध्ये व्यास नगरपालिकामा मात्रै एक हजार छ सय ९० सङ्क्रमित छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ८ : १८ बजे

मिटर ब्याजसम्बन्धी उजुरी मेलपिमलापबाट फछर्यौट

जनकपुरधाम– अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी परेका उजुरीमध्ये हालसम्म एक

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक