विश्व पर्यटन दिवसका अवसरमा पदयात्रा | Khabarhub Khabarhub

विश्व पर्यटन दिवसका अवसरमा पदयात्रा


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

गण्डकी – ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) गण्डकीको आयोजनामा आज पोखराको फेवाताल किनारा मार्कीदेखि पुम्दीसम्म पदयात्रा गरिएको छ ।

पोखरा महानगरपालिका–२२ का पर्यटकीय गन्तव्य मार्की–सिम्ले–पात्ले–पुम्दीसम्म फेवाताललाई आधार बनाएर गन्तव्य पहिचान, प्रवर्द्धन एवं एक दिवसीय पदयात्रा कार्यक्रम गरिएको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए ।

पदयात्रापछि आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले पोखरा र आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन र विकासका माध्यमबाट पर्यटकको बसाई लम्ब्याउन सकिने बताए । फेवातालको संरक्षण र उपयोगका लागि फेवाताल प्राधिकरण गठन गर्नुपर्नेमा उनको जोड रहेको छ ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले राउन्ड फेवा, भ्युु फेवाको अवधारणका साथ फेवाताल र आसपासका गन्तव्यलाई प्रवर्द्धन र विकास गर्न खोजिएको बताए । धेरै पदमार्ग हराउँदै गएका अवस्थामा नयाँ गन्तव्य र मार्गको पहिचान गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन क्षेत्रको विकासका लागि सम्बद्ध सबैको सहकार्य आवश्यक भएको बताए । विश्व पर्यटन दिवसलाई विभिन्न कार्यक्रमका साथ मनाउन लागिएको उनले बताए । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण सचिव कुमानसिंह गुरुङले पोखरा र आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको बताए । पदयात्राका क्रममा प्लाष्टिकजन्य फोहरसमेत सङ्कलन गरिएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ९ : ३३ बजे

पाकिस्तानले हाइस्पीड मिसाइल दाग्यो : भारत

एजेन्सी – पाकिस्तानले पञ्जाबस्थित सैन्य अड्डामा तीव्र गतिको (हाइस्पीड) मिसाइल

शुक्लाफाँटामा १० शय्याको नगर अस्पताल अन्तिम चरणमा

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल निर्माण

इरान-अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण ओमानमा हुने

एजेन्सी– इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँगको आगामी अप्रत्यक्ष वार्ता

टीआरसी छनोट प्रक्रिया खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं– टीआरसी छनोट प्रक्रिया खारेज गरी नयाँ सिफारिस प्रक्रिया थाल्न

कम्युनिष्ट आन्दोलन निष्ठातर्फ अघि बढाउन चुनौति : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई