ताइवानमा चिनियाँ नाकाबन्दी असफल हुन्छ : पेन्टागन | Khabarhub Khabarhub

ताइवानमा चिनियाँ नाकाबन्दी असफल हुन्छ : पेन्टागन


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक जना वरिष्ठ अधिकारीले ताइवानमा चिनियाँ नाकाबन्दी असफल हुने बताएका छन् । अमेरिकी रक्षा मन्त्रालयमा हिन्द प्रशान्त क्षेत्रको सुरक्षा मामिलासम्बन्धी सहायकमन्त्री एली राट्नरले ताइवानमा सफलतापूर्वक प्रत्यक्ष सैन्य आक्रमण गर्नु चीनका लागि निकै कठिन रहेको जनाए ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार चीनले ताइवानमाथि गर्ने नाकाबन्दीले ताइवानलाई स्रोत परिचालन गर्न थप समय प्रदान गर्ने उनको भनाइ छ । अमेरिकी कंग्रेसलाई दिएको बयानमा उनले आर्थिक नाकाबन्दीबाट अर्थतन्त्रमा पर्ने अत्यन्त नकारात्मक असरका कारण विश्व समुदाय नै चीनविरुद्ध उभिने अवस्था आउनसक्ने जनाए ।

अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको सैन्य सेवा समितिलाई दिएको बयानमा उनले सम्भावित नाकाबन्दीको समयमा व्यवसायिक जहाजमाथि चीनले आक्रमण गरे त्यसबाट थप उत्तेजना पैदा हुनसक्ने बताए ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ९ : ५४ बजे

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान