युरोपेली च्याम्पियन्स लिग : बार्सिलोनाको लगातार तेस्रो जित « Khabarhub

युरोपेली च्याम्पियन्स लिग : बार्सिलोनाको लगातार तेस्रो जित


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोपेली च्याम्पियन्स लिग फुटबलमा समूह ‘एच’ मा रहेको स्पेनिस क्लब बार्सिलोनाले लगातार तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा युक्रेनी क्लब सख्तर डोनेस्कलाई २–१ गोलले हराउँदै बार्सिलोना विजयी भएको हो । 

बार्सिलोनाका फेरान टोरेस र फिरमिनले एक’एक गोल गरेका थिए मने सख्तर डोनेस्कका होरोइ सुडोकोभले एक गोल फर्काएका थिए ।

बार्सिलोनाका टोरेसले खेलको २८औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए भने ३६औँ मिनेटमा फेरमिनले गोल गर्दै खेललाई २–० को अवस्थामा पुर्‍याएका थिए । यस्तै, ६२औँ मिनेटमा सख्तरका सुडोकोभले एक गोल फर्काएका थिए ।

त्यसपछि दुवै तर्फबाट थप गोल नहुँदा बार्सिलोना २–१ गोलले विजयी भयो । यो जितसँगै बार्सिलोना तीन खेलबाट ९ अंकका साथ सहूको शीर्षस्थानमा रहेको छ । यसैगरी, पोर्टो ६ अंकसहित दोस्रो, सख्तर तीन अंकसहित तेस्रो र रोयल एन्टवार्प बिना अंक पुछारमा छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  ७ : ३१ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज